मौद्रिक नीति अर्धवार्षिक समिक्षाः गाडी किन्नेलाई कुनै राहत छैन

काठमाडौं । बैंकबाट कर्जा लिएर गाडी किन्नेलाई केन्द्रीय बैंकले केही सहुलियत दिने हल्ला लामो समयदेखि चलेपनि मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा कुनै परिमार्जन गरिएन ।

यसअघि अर्थमन्त्रीले पनि अटो क्षेत्रमा जाने कर्जामा केही परिणाम देखिनेगरि सहजता आउने नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका प्रतिनिधिसँग बताएका थिए । तर, आज सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा कुनै परिमार्जन गरिएन ।

गाडी बिक्रीमा आएको गिरावटलाई केही सहज गर्न डाउन पेमेन्टमा केही सहुलियत हुने अपेक्षा धेरैले गरेका थिए । अहिले गाडी किन्दा अनिवार्य रुपमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । तर, पहिलो घर किन्नेको हकमा भने राष्ट्र बैंक केही लचिलो भएको छ ।


Back_to_top