यी फिचर छैनन् ? यस्ता गाडी नकिन्दा वेस !

काठमाडौं । सामान्य त गाडी किन्ने मानिसले स्टाइल, लुक्स र त्यसको माइलेज हेरर किन्ने गरेको पाइन्छ । तर, तपाईले किनेको गाडीमा कम्तीमा सामान्य सुरक्षा फिचर छैन भने यस्ता गाडी किनेर पछुताउनु पर्ने अवस्था आउन सक्छ ।

त्यसैले गाडी किन्नुअघि आफुले किनेको गाडीमा के कस्ता सुरक्षा फिचर उपलब्ध रहेको छ, त्यसको विषयमा जानकारी लिनु आवस्यक हुन्छ । अहिले बजारमा बिक्री भइरहेका महंगा गाडीमा थुप्रै सुरक्षा फिचर हुने गरेको भएपनि इन्ट्री लेवलको गाडीमा एकदमै कममात्र सुरक्षा फिचर उपलब्ध रहने गरेको छ ।

नेपालमा इन्ट्री लेवलको कार किन्दापनि २० लाखभन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ । त्यसैले आफुले किन्न लागेको गाडी कतिको सुरक्षीत छ भन्ने जानकारी राखेर किन्दा त्यसले दुर्घटना भइहालेपनि आफैँलाई बचाउने हुँदा निम्न फिचर हेरर मात्र गाडी किन्दा राम्रो हुन्छ ।

डबल साइड एयरव्याग

एयरव्याग दुर्घटनाबाट बचाउने एक महत्वपूर्ण फिचर हो । यसले गाडी अचानक दुर्घटनामा पर्दा त्यहाँ सवार चालक र प्यासेन्जरको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । त्यसैले तपाईले किन्ने गाडीमा कम्तीमा अगाडि बस्ने चालक र प्यासेन्जरको लागि एयरव्याग भएको हुनुपर्छ ।

एबीएस वीथ इबीडी

एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) अर्को महत्वपूर्ण सुरक्षा फिचर हो । यसले गाडीमा आपतकालीन अवस्थामा ब्रेक लगाउँदा एकैपटक गाडीको चक्का लक भएर हुनसक्ने दुर्घटनाबाट बचाउँछ । एबीएसले गाडी आपतकालिन रुपमा रोक्नु पर्दा दुरी घटाउने काम समेत गर्नेछ ।

रियर पार्किङ सेन्सर

यो निकै महत्वपूर्ण फिचरको रुपमा रहेको भएपनि गाडी किन्ने मानिसले यसमा ध्यान दिएका हुँदैनन् । यदि पछाडि कार पार्क गर्दा होस् वा गाडी घुमाउँदा पछाडिको भागमा सेन्सर भएन भने कतै ठोक्किने र दुर्घटना हुने अवस्था आउन सक्छ । तर, तपाईको गाडीमा रियर पार्किङ सेन्सरको प्रयोग गरिएको छ भने यसले यस्ता किसिमका दुर्घटना हुन नदिन चालकलाई अलर्ट गर्ने गर्छ । त्यसैले रियर पार्किङ सेन्सर भएको गाडी खरिद गरेको खण्डमा पछुताउनु पर्दैन ।

इलेक्ट्रीकल्ली एडजस्टेवल रियरभ्यु मिरर

लुकिङ ग्लास बाटोमा गाडी चलाउन निकै सहयोगी फिचर हो । कहिलेकहि अपरझट लुकिङ ग्लासको लोकेशन परिवर्तन गर्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा अर्लेर ग्लास मिलाइरहन सम्झव हुँदैन । त्यसैले गाडी किन्दा इलेक्ट्रीकल्ली मिलाउन मिल्ने लुकिङ ग्लास भएको किन्नु उपयुक्त मानिन्छ ।

सेन्ट्रल लकिङ सिस्टम

सेन्ट्रल लकिङ सिस्टम भएका गाडी चालकले नियन्त्रण गरेर ढोकाहरु लक गर्न सक्ने हुँदा यो फिचर निकै उपयोगि मानिन्छ । कुनै बच्चा वा कहीले कही ठूलै मानिसले पनि अचानक ढोका खोलेर दुर्घटना निम्त्याउन सक्छन् । त्यसैले यो फिचर उपलब्ध कार सुरक्षीत मानिन्छ । अहिले अधिकांश कारमा यो फिचर पाउन सकिन्छ ।

पावर विन्डो

आजकल पावर विन्डो नभएको गाडी बिक्री गर्न कठिन हुने गरेको गाडी बिक्रेता कम्पनीहरुले बताउने गरेका छन् । गाडीमा रहेका झ्यालहरुको सिसालाई एकै बटमबाट नियन्त्रण गर्न सकिने गाडी किनेको खण्डमा पछि पछुताउनु पर्नेछै ।

यी फिचरका अलावा इन्फोटेन्टमेन्ट सिस्टम, आइएसओफिक्स माउन्ट सिट, रियर डिफगर जस्ता फिचर पनि सामान्य गाडीमा पनि पाउन सकिन्छ ।


Back_to_top