टाटाका नक्कली पार्ट पुर्जा बेच्ने मानिस पक्राउ

काठमाडौं । नेपाल प्रहरीले हिजो बुधबार काठमाडौंको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी उक्त पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ । उनलाई टाटा गाडीमा प्रयोग हुने नक्कली पार्ट पुर्जा विक्रीको आरोपमा पक्राउ गरिएको हो ।

धेरै मानिसको जनगुनासो आएपछि न्यू प्रकाश अटो टे«डर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।

प्रहरी अनुसन्धानबाट उनले टाटाका नक्कली पार्टस् विक्री वितरण गरेको पाइएको र आगामी दिनमा त्यस्तो कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गराएर उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

अन्य धेरै फर्मले यसरी पार्ट पुर्जा विक्री वितरण गर्दै आएको उजुरीको आधारमा संकास्पद स्थानहरु खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


Back_to_top