काठमाडौं । टोयोटा मोटर्सको एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेटले आयोजना गरेको डिलर भेला सम्पन्न भएको छ । गत सोमबार पोखरा स्थित होटल बाराहीमा आयोजना गरिएको भेलामा कम्पनीका प्रबन्ध निर्देशक रीतु सिंह वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए ।
उक्त भेलाको उद्देश्य यूटिएसले वषौंदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहेको कम्पनी द्धारा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु ल्याएर बिक्री वितरण गर्दै आएको र ति उत्पादन ग्राहकबीच निकै लोकप्रिय रहेकोमा आगामी दिनमा आफ्नो सेवालाई अझै व्यापक बनाउने विषयमा डिलर भेलामा छलफल भएको बताइएको छ ।
देशभर फैलिएको बिक्री सञ्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको अाँखामा विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविष्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको कम्पनीले जनाएको छ ।

