लग्जरी गाडी कि ठूलो व्यवसायी या भ्रस्ट राजनीतिज्ञले मात्र किन्न सक्छ भन्ने भनाई सबैतिर रहेको पाइन्छ । यस्ता कथनलाई ति व्यक्तिहरुले बेला बखत पुष्टी पनि गर्दै आएका छन् । यस्तै भएको छ भारतको कर्नाटकमा ।
केही समय अगाडि जेडीएस र कांग्रेसको सरकार हटाउन अहम भूमिका निर्वाह गरेका १७ वागी संसद मध्ये एकजना अहिले महंगो गाडी किनेको विषयले चर्चामा रहेका छन् ।
कर्नाटकको होसकोटबाट संसद बनेका एमटीबी नागराजले संसद पदबाट राजीनामा दिएको केही दिनमा नै रोल्स रोयस फैंटमको सबैभन्दा लग्जरी भेरियन्ट खरिद गरेका हुन् ।
उनले किनेको गाडीको मूल्य भारतमा ११ करोड भारु रहेको मिडियाले जनाएका छन् ।
यद्यपी उनले यो कार किन्न गलत स्रोतको प्रयोग नगरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । निर्वाचनमा उनले दिएको सम्पत्तिको विवरणमा १० अर्व भारु भन्दाबढी सम्पत्ति रहेको उल्लेख गरेका थिए ।
उनले संसदमा बिद्रोह गर्नु र नयाँ महंगो विलासी गाडी किन्नुलाई जोडर शोसल मिडियामा चर्चा चुलिएको हो ।
नागराजले भने गाडी खरिद गरेपछि आफ्नो बाल्यकालको सपना पुरा भएको बताएका छन् ।
उनले किनेको रोल्स रोयस फ्यान्टम नेक्सट नेनेरेशन मोडल हो । यसमा ६.७५ लिटरको भी १२ टुवीन टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ५६३ बीएच पावर र ९०० एनएम टर्क उत्पादन गर्छ ।

