मारुती सुजुकीले आगामी नोभेम्बरमा भारतीय बजारमा भिटारा ब्रेजाको फेसलिफ्ट भर्सन ल्याउने तयारी गरिरहेको छ ।
कम्पनीले सन् २०१६ मा सार्वजनिक गरेको यस मोडलले राम्रो बजार पाइरहेको थियो । तर गत फेब्रुअरीमा महिन्द्रा एक्सयूभी ३०० र मेमा हुन्डाई भेन्यू सार्वजनिक भएसँगै भारुती सुजुकी थप दबाबमा परेको हो ।
प्रतिस्पर्धी मोडलको ब्यापार बढेसँगै मारुतीले ब्रेजालाई पनि थप विशेषता सहित बजारमा ल्याउने योजना बनाएको हो । यसले हुन्डाई भेन्यू, एक्सयूभी–३०० र इकोस्पर्टसँग प्रतिस्पर्धा गर्दै आएको छ । फेसलिफ्ट भर्सनले पनि सोही मोडल प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
डायमेन्सन ठूलो
यसको लम्बाई ४ हजार १७५ एमएम, चौडाई १७७५ र उचाई १६१० हुने कम्पनीले जनाएको छ । यसमा २५०० एमएको ह्वीलवेश र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइने छ । अल ब्लाक पेन्ट सेममा आउने ब्रेजामा एलइडी डे टाइम रनिँग लाइट, १७ इन्च पोलिश अलोय ह्वील, सर्कुलर फग ल्याम्प आउने छ ।
अल ब्लाक इन्टेरियरसँगै सर्कुलर एयर कन्डिसनिंग भेन्ट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एडप्टीड क्रुज कन्ट्रोल सिस्टम, ४.२ इन्च एमआइडी, ब्लाइन्ड स्पट मनिटरिंग, डबल सेन्सर ब्रेक सपोर्ट, प्यानोरमिक सनरुफ, पुश बटन स्टार्ट स्टप र किलेस इन्ट्रीको विशेषता दिने कम्पनीले जनाएको छ । यसमा दिइएको बुट स्पेश प्रतिस्पर्धी मोडलको भन्दा ठूलो भएको कम्पनीले जनाएको छ ।
यसमा १.४ लिटर टर्बो बुस्टरजेट एसजेडएस अलग्रिप इन्जिनसँगै ६ स्पीट अटोमेटिक गियरबक्स लगाउने कम्पनीले जनाएको छ । यसले १४० पीएस पावरका साथै २२० एनएम टर्क उत्पादन गर्छ । यस्तै, यसमा बीएस–६ मापदन्ड अनुरुपको १.५ लिटर एसएचभीएस इन्जिन लगाउने भएको छ ।
ब्रेजाको अन्तर्राष्ट्रिय स्पेकमा भने १.० लिटर टर्बो बुस्टरजेट इन्जिनमा आउने छ । उक्त इन्जिनले १११ पीएस पावरका साथै १७० एनएटर्क उत्पादन गर्छ । १.६ लिटर भीभीटी पेट्रोल इन्जिनले ११७ पिएस पावरका साथै १५६ एनएम टर्क उत्पादन गर्नेछ ।
मिड साइज एसयूभीको रुपमा बिक्री हुने यस मोडलले किया सेल्टोस, टाटा ह्यारीयर, एमजी हेक्टरसँग पनि प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा मारुती सुजुकीको लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्कपले भिटारा ब्रेजाको बिक्री गर्दै आएको छ ।
रेगुलर मोडल भिटारा ब्रेजामा १.३ लिटरको ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले ४००० आरपीएममा ९० पीएस पावर र १७५० आरपीएममा २०० एनएम टर्क प्रदान गर्छ ।


