काठमाडौं । स्कोडा कुशाक एसयूभी खरिद गर्दा २ वर्षसम्म पेट्रोल निःशुल्क पाइने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू स्पान्जाले ल्याएको विशेष अफरमा यस्तो सुविधा पाइने भएको हो ।
कम्पनीका अनुसारकुशाक एसयूभी खरिद गर्ने ग्राहकले २ वर्षसम्म कुल २ हजार लिटर पेट्रोल सित्तैमा पाउने छन् । ग्राहकले हालको बजार मूल्य अनुसार ४ लाख रुपैयाँ बराबरको पेट्रोल निःशुलक पाउने भएका हुन् ।
यदि, ग्राहकले पेट्रोल नलिएको खण्डमा उक्त रकम बराबरको गाडीको मूल्यमा छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीले कुशाक खरिद गर्न चाहने ग्राहकलाई सहज फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार २० प्रतिशत डाउन पेमेन्टमै कुशाक एसयूभी खरिद गर्न सक्नेछन् । यद्यपि, यो सुविधा कम्पनीको हकमा मात्र लागू हुनेछ ।

व्यक्तिगत रुपमा खरिद गर्नेले भने ४० प्रतिशत नै डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । कुशाक एसयूभीको सुरुआती मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ । सो अनुसार व्यक्तिगत ग्राहकले सुरुमा २३ लाख १६ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाउनुपर्छ । कम्पनीको नाममा किनने हो भने २० प्रतिशत अर्थात् ११ लाख ५८ हजार तिरे पुग्छ । बाँकी रकम ऋण पाइने छ ।
यस्तो छ स्कोडा कुशाक
कुशाकको अगाडि स्कोडाको सिग्नेचर बटरफ्लाई ग्रिललाई अझ फराकिलो र डार्क क्रोमरग्लॉसी ब्ल्याक फिनिसिङ दिइएको छ। यसमा एलइडी लाइट बार र अपडेटेड एलईडी हेडल्याम्प र डीआरए छ ।
यसमा भेरियन्ट अनुसार १६ र १७ इन्चको नयाँ डिजाइनका एलोय ह्वील्स दिइएको छ। पछिल्लो भागमा नयाँ डिजाइनको कनेक्टेड एलइडी टेललाइट बार र स्पोर्टी रियर डिफ्युजर पाइन्छ।
क्याबिनमा १०.१ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, ८ इन्चको ड्राइभर डिस्प्ले दिइएको छ । अगाडिको सिटमा भेन्टिलेटेड र पावर एडजस्टेबल फिचर छ । साथै, डुअल कलर एम्बियन्ट लाइटिङ, इलेक्ट्रिक र भेन्टिलेटेड फ्रन्ट सिट, रियर सिटमा मसाज फङ्सन जस्ता प्रिमियम फिचर उपलब्ध छन् ।
स्कोडा कुशाकको लम्बाइ ४२२९ एमएम, चौडाइ १७६० एमएम, उचाइ १६१२ एमएम र ह्वीलबेस २६५१ एमएम छ ।
स्कोडा कुशाक दुई इन्जिन अप्सनमा उपलब्ध छ । यसमा १.० लिटर टीएसआइ पेट्रोल इन्जिन र १.५ लिटर टीएसआइ इन्जिन छ । सानो इन्जिनले अधिकतम ११५ पीएस पावर र १७८ न्यूटन मिटर टर्क प्रदान गर्छ । यो इन्जिनसँग ६ स्पीड म्यानुअल र ८ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स पाउन सकिन्छ ।
त्यस्तै, ठूलो इन्जिन भएको कुशाकले १५० हर्ष पावर र २५० न्युटन मिटरर टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक गियर उपलब्ध छ ।
स्कोडा कुशकमा सुरक्षाका लागि ६ वटा एयर ब्इाग, एबीएस, मल्टी कोलिसन ब्रेकिङ, हिल होल्ड कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत फिचर छन् ।

