ग्राहकलाई दिन सुरु भयो १०० किलोवाटको बीवाइडी ‘एटो-३’

काठमाडौं । बीवाइडी एटो-३ ग्राहकलाई डेलिभरी दिन सुरु भएको छ । आधिकारीक विक्रेता साइमेक्स इंकले १०० किलोवाट क्षमताको एटो-३ बुकिङ गरेर बसेका ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो ।

सुरुमा १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध रहेको एटो-३ थ्री करको कारण मूल्य ९० लाख कायम गरिएको थियो । १०१ किलोवाट माथि २०० किलोवाटसम्मको मोटर जडान भएको एटो-३ मा भन्सार ३० प्रतिशत र अन्तःशुल्क ३० प्रतिशत लागेको कारण मूल्य मूल्य ९० लाख पुगेको थियो ।

ग्राहकको माग उच्च भएसँगै कम्पनीले १०० किलोवाट क्षमताको मोटरमा एटो-३ ल्याउने घोषणा गरेको थियो । दुई महिनाअघि बाटै बुकिङ लिएको कम्पनीले आजबाट डेलिभरी सुरु गरेको हो ।

‘अब क्रमिक रुपमा गाडी आउने छ । बुकिङ गरेर बसेका ग्राहकले पालैपालो गाडी डेलिभरी पाउने छन्’, साइमेक्स इंक स्रोतले भयो ।

नयाँ भर्सनमा कम्पनीले पीक पावर १०० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिइएको छ । यसले ३१० एनएम टर्क प्रदान गर्छ । सानो १०० किलोवाटको मोटर जडान भएपनि यसमा पनि ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ ।

अन्य सबै फिचर १०० किलोवाट र १५० किलोवाटको गाडीमा समान रहेको छ । सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ ।

यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिइएको छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाई लोभ्याउने छ । मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।


Back_to_top