२ लाखसम्मको साइकल किन्नेलाई नविल बैंकको कर्जा, डाउन पेमेन्ट र व्याज तिर्नु नपर्ने

काठमाडौं । नविल बैंकले बिना व्याज र डाउन पेमेन्ट बिनै साइकल किन्न कर्जा उपलब्ध गराउने भएको छ । यो सुविधा नबिल बैंकको क्रेडिट कार्ड बोक्ने ग्राहकले पाउने छन् ।

यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्न सक्नेछन् । १८ महिनाको मासिक किस्ता बनाएर ग्राहकले आफ्नो रोजाईको साइकल खरिद गर्न सक्ने छन् ।

यसरी इएमआई मार्फत उक्त रकम तिर्दा कुनै व्याज नलाग्ने तथा डाउन पेमेन्ट गर्नु पर्ने झन्झट समेत नरहेको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले २ लाखभन्दा माथिका साइकल खरिद गर्न चाहेमा २ लाखभन्दा माथिको रकम डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् ।

त्यसको लागि बैंकले पानी पोखरी स्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससँग सम्झौँता गरेको जनाएको छ ।


Back_to_top