यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

बिचौलियाको काम गरी सेवाग्राहीहरूलाई दुःख हैरानी दिने, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गरेको प्रहरीको भनाइ छ ।

उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायातका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी पैसा लिने, लाइसेन्स प्रिन्ट तथा ब्लूबुकलगायत कागजात नवीकरण, मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको पाइएको छ ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको परिसर ललितपुरले जनाएको छ ।


Back_to_top