टाटा मोटर्सले भारतीय सेनाका लागि १५ सय यूनिट सफारी स्ट्रोम बनाएको छ । टाटाले भारतीय सेनका लागि कुल ३ हजार १ सय ९२ वटा सफारी स्ट्रोम जीएस ८०० उपलब्ध गराउने सम्झौंता गरेको छ ।
टाटाले सेनाका लागि थप सुरक्षित तवरले सफारी स्ट्रोम बनाइ दिएको हो । टाटाले १९५८ देखि सुरक्षा निकायलाई १ लाख ५० हजार भन्दा धेरै सवारी उपलब्ध गराइ सकेको छ । भारतीय सेनाले धेरै समयसम्म मारुती सुजुकीको जीप्सी प्रयोग गर्दै आएको छ ।
अब भने जीप्सीको साटो टाटा सफारी स्ट्रोम प्रयोग गर्ने छ । आर्मीका लागि निर्माण गरिएको सफारी स्ट्रोममा विभिन्न विशेषता थप गरिएको छ । आर्मी इडिसनको सफारी स्ट्रोममा २.२ लिटर, ४ सिलिन्डर टर्बोचाज्र्ड इन्जिन रहेको छ । जसले १ सय ५४ बीएचपी र ४ सय एनएम टर्क दिन्छ । ६ स्पीड म्यानुअल गेयरबक्स यो गाडीमा रहेको छ ।

