काठमाडौं । यामाहाले भारतीय बजारमा फसिनो र रेजेड आर स्कुटरको नयाँ मोडल सार्बजनिक गरेको छ । कम्पनिले नयाँ कलर र फिचर सहित २०२३ मोडल सार्बजनिक गरेको हो ।
यामाहा स्कुटरको नयाँ मोडलमा १२५ सीसीको सिगंल सिलिन्डर, एयर कुल्ड, फ्युल इन्जेक्सन बिएस ६ इन्जिनमा रहेको र उक्त इन्जिनले अधिकतम ८ बीएच हर्स पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ स्कुटरमा ओबीडी (अन बोर्ड डायग्नोस) २ सेन्सर र ई २० (इथानल) इन्जिनको प्रयोग गरिएको छ । ओबीडी २ सेन्सरले इन्जिनको रियल टाइम हेल्थ र पर्फमेन्स को ट्रयाक गर्नुका साथै अब स्कुटर ई २० फ्युल बाट पनि चल्न सक्षम रहेको कम्पनिले बताएको छ ।
कम्पनिले नयाँ भेरिएन्टमा ब्लुटुथ कनेक्टिभिटी वाइ कनेक्ट, रियल टाइम माइलेज, मेन्टिनेन्स रिकमेन्डेसन, पार्किङ लोकेसन, अटो स्टार्ट अन अफस्ट जस्ता फिचरहरु दिएको छ ।
यामाहाको फसिनो र रे जेडआर १२५ एफआई डार्क म्याट ब्लु र रेजेड आर स्ट्रीट ¥याली १२५ एफआई म्याट ब्लाक र लाइट गे्र वर्मिलियन दुई नयाँ कलरमा ल्याएको हो ।
कम्पनीले २०२३ मोडल फसिनोको मूल्य ९१ हजार ३० रुपैयाँ र रे जेडआरको ८९ हजार ५३० रुपैयाँ साथै रे जेडआर स्ट्रीट ¥यालीको ९३ हजार ५३० भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको छ ।

