काठमाडौं । हिरो स्प्लेन्डर प्लस मोटरसाइकलको एक्सटेक भर्सन सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा स्प्लेन्डर प्लस लाइनअपको सबै भेरियन्ट अपडेट गरेर नयाँ स्प्लेन्डर प्लस सार्वजनिक गरेको हो ।
कम्पनीले स्प्लेन्डर प्लसको सुरूवाती मूल्य ७९ हजार ९२६ भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ भने टप भेरियन्टको मूल्य ८६ हजार ०५१ भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ ।
हिरो स्प्लेन्डर प्लसमा नयाँ ग्राफिक डिजाइन र नयाँ कलर अप्सन पाउन सकिन्छ । यसमा नयाँ बडी प्यानल, रिफ्रेस रियर पिलियन ग्र्याब रेल, लगेज र्याक र भेरियन्ट अनुसार विभिन्न खाले नयाँ कस्मेटिक परिवर्तनहरू गरिएको छ ।
त्यसैगरी, भेरियन्ट अनुसार फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एपसहितको कनेक्टिभिटी सिस्टम, रियल टाइम माइलेज इन्डिकेटर, आईथ्रीएस टेक्नोलोजी, एक्सेन्स एफआई टेक्नोलोजी, स्ट्यान्ड कटअफ, एलईडी हेडल्याम्प, एलईडी डीआरएल, डिस्कब्रेक र अलोय ह्वील अगायतका अन्य फिचरहरू मोटरसाइकलमा रहेको छ ।
हिरो स्प्लेन्डर प्लसमा ओबीडी टूबी बीएस ६ मापदण्ड अनुसारको ९७.२ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम ७.९१ ब्रेकहर्स पावर तथा ८.५ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ४ स्पीडको गियरबक्स छ ।