काठमाडौं । एमजीले भारतमा उत्पादन गरेको इन्टेलिभेन्ट क्रसओभर युटिलिटी भेहिकल (सीयूभी) विन्डसरले २० हजार युनिटको माइलस्टोन पूरा गरेको छ ।
जेएसडब्लू एमजी मोटर्स इण्डियाले उत्पादन गरेको विन्डसरले ६ महिनामा २० हजार युनिट बिक्री भएको हो । यो ईभी भारतमा फास्टेस्ट सेलिङ इलेक्ट्रीक भेहिकल मोडल समेत बनेको छ ।
जेएसडब्लू एमजी मोटस इण्डियाका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर राकेस सेनले विन्डसरको डिजाइन, टेक्नलोजी फिचर, इन्टेरियर स्पेश, ओभरअल ड्राइभिङ एक्सपिरियन्स लगायत कारण भारतीय उपभोक्ता माझ लोकप्रिय बनेको बताए ।
एमजीले भारतमा पहिलोपटक ब्याट्री-एज-अ-सर्भिस (बास) ल्याएको थियो । यो स्कीम अनुसार ब्याट्री बाहेक विन्सर ईभीकोे ९.९९ लाख भारतीय रुपैयाँ पर्छ । एमजीले ब्याट्रीको सर्भिस चार्जको रूपमा प्रतिकिलोमिटरको ३.९ रुपैयाँ लिँदै आएको छ ।
एमजी विन्डसरमा एसयूभी तथा सेडानमा जस्तै ३८ किलोवाट आवरको ब्याट्रीप्याक तथा १०० किलोवाटको मोटर समेत रहेको छ । यसको मोटरले १३६ पीएस पावर तथा २०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । भारतको एआरएआईका अनुसार यो ईभीले ३३२ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
एमजीको विन्डसर एरोग्लाइड डिजाइन ल्याङ्वेजमा बनेको छ । यो ईभीमा युजरको सुविधाका लागि ड्यासबोर्डमा १५.६ इन्चको सेन्टर टचस्क्रीन तथा १३५ डिग्रीसम्म रिक्लाइन हुने सिट रहेको छ ।
नेपालमा १५ दिनमा आइपुग्ने
एमजी मोटर्सको नेपालको लागि आधिकारिक वितरक प्यारामाउण्ट मोटर्स स्रोतका अनुसार नेपालमा विन्सर आगामी १५ दिन भित्र आइपुग्ने छ ।
त्यसपछि रोड वर्दीनेस लगायतका परीक्षण लगायत प्रक्रिया पूरा गरिने र १ महिना भित्र बिक्री सुरू गर्ने योजना रहेको कम्पनीले स्रोतले बतायो ।
स्रोतका अनुसार एमजीले भारतमा अफर गरिरहेको ब्याट्री-एज-अ-सर्भिस (बास) मोडल भने सुरूआतमा नेपालमा आउने छैन ।