काठमाडौं । टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचव्याकको नयाँ जेनेरेशन मोडल देखाएको छ । कम्पनीले यसअघिको तुलनामा ब्यापक परिमार्जनसहित अल्ट्रोज बिक्री सुरु गर्ने भएको हो ।
आगामी मे २१, २०२५ बाट बिक्री सुरु हुने अल्ट्रोज ह्याचव्याकको तस्बिर सार्वजनिक गर्दै टाटाले पहिलो पटक यसमा अपग्रेड हुन लागेको जानकारी दिएको हो । कम्पनीले यसको लुकसँगै इन्टेरियर र एक्सटेरियरमा व्यापक परिमार्जन गरेको छ ।
टाटाले आफ्नो प्रिमियम ह्याचव्याक कारमा नयाँ ग्रिल दिएको छ । साथै, नयाँ एलइडी डिआरएल, ट्वीन-पड प्रोजेक्टर एलइडी हेडल्याम्प, स्पोर्टी बम्पर र ठूलो एयर इनटेक दिएको छ । साथमा दिइएको एलइडी फगल्याम्पले थप आकर्षण बढाएको छ ।
टाटाले अल्ट्रोजमा ईभीमा जस्तो देखिने १६ इन्चको आल्मुनियम ह्वील दिएको छ । फ्लस टाइप डोर ह्याण्डल, ९० डिग्री खुल्ने ढोका, नयाँ कनेक्टेड एलइडी टेल ल्याम्प र तल्लो भागमा दिएको रिभर्स लाइटले पछाडिबाट पनि गाडी निकै पृथक देखिन्छ ।
नयाँ स्टेरिङ ह्वील, बेज कलरमा सजिएको अपहोल्स्ट्री, नयाँ गियर लिभर, समान साइजको १०.२५ इन्चको दुई स्कृन दिएको छ । यसका अलावा अटोमेटीक एसी, सिंगल-पेन सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एम्बियन्ट लाइट, पुश बटम स्टार्ट/स्टप, एयर प्यूरिफायर र कनेक्टेड कार टेक समावेस छन् ।
सुरक्षाको लागि टाटाले यसमा ६ वटा एयरब्याग, इबीडी सहितको एबीएस, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर जस्ता फिचर छन् ।
टाटा मोटर्सले अल्ट्रोज प्रिमियम ह्याचव्याकमा १.२ लिटर नेचुरल्ली एस्पायर्ड पेट्रोल, १.२ टर्बो पेट्रोल, १.५ लिटर डिजेल र १.२ लिटर सीएनजी इन्जिनमा ल्याउने छ । यसमा ५ स्पीड म्यानुअलदेखि ६ स्पीड डीसीटी गियरबक्स पाउन सकिन्छ ।
सन् २०२० मा नै टाटाले अल्ट्रोजको ईभी भर्सन पनि देखाएको थियो । तर, कम्पनीले अहिलेसम्म यसको ईभी भर्सन देखाएको छैन ।