काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट न्यूरोड क्षेत्रमा पार्किङ गर्न नदिएसँगै ब्यवसायीहरुले पसल बन्द गरेका छन् । महानगरले न्यूरोडमा हुँदै आएको सडक पार्किङ बन्द गरेको थियो ।
महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने बनाएको थियो । पुरानो बसपार्कमा बनिरहेको भ्यू टावरको अन्डर ग्राउण्डमा पार्किङ ब्यवस्था मिलाइएको छ ।
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको थियो ।

