काठमाडौं । भन्सार बिभागले असार २२ गते एक सूचना जारी गर्दै नेपालमा आयात गरेर बिक्री हुने सम्पूर्ण सामानमा अनिर्वाय लेबल लगाउनु पर्ने ब्यवस्था गरेको थियो । सोही ब्यवस्था अनुसार नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले आफ्ना सदस्यहरुलाई आफुले बिक्री गर्ने बस्तुमा लेबल लगाउन आग्रह गरेको हो ।
भन्सार बिभागले निकालेको सूचनामा २०८० साउन १ गतेपछि पैठारी हुने तयारी मालबस्तु बजारमा बिक्री बितरणका लागि पठाउनु अघि त्यस मालबस्तुको प्याकिङ्गमा पैठारीकर्ता र बजार बितरकको पुरा बिबरण भएको लेबल लगाउनु पर्ने ब्यवस्था गरेको थियो ।
नाडले पनि सरकारले निकालेको सूचना अनुसारकै लेबल बनाएर आफ्नो बस्तु बिक्री गर्न सबै सदस्यहरुमा आग्रह गरेको छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रतीद्धारा जारी सूचनामा भनिएको छ, ‘लेबलिङ गर्ने सबै कार्य आयातकर्ता र डिलर्सबाट नै हुने भएको हुँदा खुद्रा बिक्रेताहरुको कुनै भूमिका नहुने कुराको समेत जानकारी गराउँछौ ।’
यस्तो थियो भन्सार बिभागको सूचना


