काठमाडौं । काठमाडौं महानगरपालिकाको काठमाडौंका विभिन्न सडकमा ट्राफिक कोन र रिट्रयाक्टेबल बार सडकमा राख्न सुरू गरेको छ ।
महानगरले शहरी व्यवस्थापन विभाग अन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय गुणस्तरका ट्राफिक कोन र रिट्रयाक्टेबल बार रा्खन थालेको हो ।
महानगरका सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकुल निधिले महानगरले २५०० कोन र १२५० बार खरिद गरी राख्न सुरू गरेको हो ।
उनले बुधबार पहिरो चरणमा सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोडसम्म कोन राखिएको बताए । अब अन्य ठाउामा पनि क्रमशः राखिने उनको भनाइ छ ।

उनका अनुसार ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको उनले बताए । यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिले बताए ।
‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्रयाक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी १२५० सेट खरिद भएका छन्, जसमा कुल २५०० कोन र १२५० बार छन्,’ निधिले भने,’ ‘यी सामग्रीहरू काठमाडौंका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने छ ।’

महानगरले यी सामग्री आर्थिक वर्ष २०८०/८१ मै खरि गर्ने योजना बनाए पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण गत आव २०८१/९८२ मा खरिद गरिएको बताएहो । यसले ट्राफिक व्यावस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

