१० वर्ष पुग्यो रेनो क्वीड, ल्यायो नयाँ एनिभर्सरी एडिसन

काठमाडौं । रेनोको इन्ट्री लेभल भेरियन्ट क्वीड भारतमा उत्पादन सुरु भएको १० वर्ष पुगेको छ । सन् २०१५ बाट उत्पादन सुरु भएको फ्रेन्च कम्पनी रेनाको क्वीड ह्याचव्याक निकै सफल मोडल मानिन्छ ।

नेपालमा समेत सन् २०१७ बाट बिक्री हुँदै आएको क्वीड ह्याचब्याकले राम्रो सफलता पाएको थियो । भारतमा रेनो र निसानले संयुक्त रुपमा विकास गरेको ‘सीएमएफ ए प्लेटफर्म’मा बनेको क्वीड स्मार्ट सिटी कार हो ।

रेनोका तत्कालीन सीईओ कार्लोस गोसनले सन् २०१५ को मे २० मा भारतको चेन्नाइबाट क्वीड मोडल सार्वजनिक गरेका थिए । यसको ९८ प्रतिशत पार्टस् भारतमै उत्पादन गर्दै आएको रेनोले १० वर्ष आगाडि नै डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट टचस्कृन दिएर क्वीड बजारमा ल्याएको थियो ।

सन् २०१५ मा केबल ३ हजार ८१४ अमेरिकी डलर मूल्य तोकेर सार्वजनिक भएको क्वीड कार दुई सातामै २५ हजार युनिट बुकिङ भएको थियो । क्वीडको बुकिङ ५ हप्तामा ५० हजार र २ महिनामा ७० हजार पुगेको थियो । त्योसँगै रेनोले श्रीलंका, इन्डोनेशिया, ट्युनिसीया र नेपालमा निर्यात थालेको थियो ।

क्वीड ह्याचव्याकमा ७९९ र ९९९ दुई इन्जिन दिइएको छ । ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स यसमा पाउन सकिन्छ । सन् २०१९ को अक्टोबरमा क्वीडको फेसलिफ्ट भर्सन आएको थियो ।

रेनोको एनिभर्सरी एडिसन

रेनो इण्डियाले १० वर्ष पुगेको उपलक्ष्यमा एनिभर्सरी एडिसन सार्वजनिक गरेको छ । एनिभर्सरी एडिसनमा एक्सक्लुसिभ एक्सटेरियर र इन्टेरियर अपडेट भएको छ । जम्मा ५०० युनिट मात्र उत्पादन हुने एनिभर्सरी एडिसनमा डिउलटोन कलर र एल्लो एसेन्टहरुको प्रयोग गरिएको छ ।

इन्टेरियरमा एनिभर्सरी एडिसनमा एल्लो कलरले स्टीचिङ गरेको लेदर र्याप स्टेरिङ ह्वीलको साथमा ड्यासबोर्ड र सिट कभरमा समेत एल्लो एसेन्टको प्रयोग भएको छ ।

क्वीडको फ्रन्ट सिटको हेडरेस्टमा १०औ एनिभर्सरिको लोगो राखिएको छ । अथेन्टीक, इभोलुसन, टेक्नो र क्लाइम्बर गरि चार भेरियन्टमा यसलाई बजारमा उतारेको हो ।


Back_to_top