थाहापाउनुस् इलेक्ट्रीक एसयूभी ‘इजेडएस, कोना र निरो’ किन्दा पर्ने मासिक किस्ता

काठमाडौं । नेपालमा अहिले प्रिमियम इलेक्ट्रीक एसयूभीको बजारमा हुन्डाई, किया र एमजी बीचमा कडा प्रतिस्पर्धा चलिरहेको छ । यस्तोमा यी तीन कम्पनीले बिक्री गर्दै आएका मोडल किन्न चाहने ग्राहकको लागि बैंकहरुले विशेष किसिमको कर्जा योजना नै अगाडि ल्याएका छन् ।

वातावरण मैत्री रहेका यी कारको बिक्री गर्ने कम्पनीले पनि बैंकहरुसँग एक प्रकारको सम्झौंता गरेरै अगाडि बढिरहेका छन् । एमजी इजेडएस, हुन्डाई कोना र किया निरोको नेपाल प्रबेशसँगै इलेक्ट्रीक गाडीको बजारमा बढोत्तरी आएको हो भने यी मोडलपछि बैंकहरुले आक्रर्षक कर्जा अफर गरेका हुन् ।

एमजी इजेडएसको मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

डिजेल र पेट्रोलबाट चल्ने गाडीमा प्रबाह हुने कर्जामा अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने बाध्यकारी नियम ल्याएसँगै इलेक्ट्रीक कार ग्राहकको छनोटमा पर्न सुरु गरेको देखिन्छ । यद्यपी त्यहि कारण मात्र इलेक्ट्रीक कारको बजार वृद्धि भएको भने होइन ।

हुन्डाई कोना ३९.२ किलोवाटको मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिले बैंकहरुले इलेक्ट्रीक कारमा पनि अन्य गाडीजस्तै ७ वर्षको लागि बैंकहरुले कर्जा प्रबाहगरिरहेका छन् भने वर्षिक ९ देखि ११ प्रतिशतसम्म प्रयाजसो बैंकले कर्जा उपलब्ध गराउँदै आएका छन् ।

कोना ६४ किलोवाटको मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

त्यसैले हामीले यी कारहरुको इएमआई क्यालकुलेसन गर्दा व्याजदर १०.५ प्रतिशत राखेर गरेका छौं भने डाउन पेमेन्ट २० प्रतिशतलाई आधार मानिएको छ । धेरै रकम तिरेर कम रकमलाई मात्रै कर्जा सुविधा लिने उपभोक्तापनि धेरै पाउन सकिन्छ ।

मोडल नाम मूल्य २०% डाउन पेमेन्ट कर्जा रकम मासिक किस्ता
एमजी इजेडएस ४९,९०,००० ९,९८,००० ३९,९२,००० ६७३०८
हुन्डाई कोना ३९.२ किलोवाट ५५,९६,००० ११,१९,२०० ४४,७६,८०० ७५,४८२
हुन्डाई कोना ६४ किलोवाट ६५,९६,००० १३,१९,२०० ५२,७६,८०० ८८,९७०
किया निरो ६६,९०,००० १३,३८,००० ५३,५२,००० ९०,२३८

हामीले यसमा ग्राहकले पाउने छुट तथा बीमा गर्न लाग्ने खर्च भने समावेस गरेका छैनौं ।

किया निरोको मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्


Back_to_top