भोलिबाट सुरु हुने अटो एक्स्पो २०२० मा हिरो इलेक्ट्रीकले सार्वजनिक गर्ने नयाँ मोटरसाइकल टेष्टिङको क्रममा देखिएको छ । कम्पनीले उक्त मोटरसाइकल अटो एक्स्पो २०२० मा प्रदर्शनी गर्ने भारतीय मिडियाले जनाएका छन् ।
हिरो, बजाज, टीभीएस जस्ता भारतीय ब्राण्डले अटो एक्स्पो २०२० मा सहभागीता जनाएका छैनन् । यसपटकको अटो एक्स्पोमा धेरै इलेक्ट्री प्रडक्टहरु देख्न पाइने अनुमान रहेको छ ।
हिरो इलेक्ट्रीकको नयाँ आउने मोटरसाइकलले १२० किलोमिटर रेन्ज प्रदान गर्ने छ अनुमान गरिएको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघन्टा रहने छ ।
यो मोटरसाइकलको मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँदेखि १ लाख ५० हजार भारतीय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । यो मोटरसाइकल हिरो इलेक्ट्रीकको सबैभन्दा प्रिमियम मोटरसाइकल हुने अनुमान गरिएको छ । यो मोटरसाइकलले रेभोल्ट ४०० सँग प्रतिस्पर्धा गर्नेछ ।
यससँग नयाँ स्कुटरसमेत प्रर्दशन गर्ने अनुमान गरिएको छ । कम्पनीले यस अघि उपलब्ध स्कुटरमा भन्दा नयाँ फिचर थप गरेर नयाँ स्कुटर प्रदर्शन गर्ने अनुमान गरिएको हो । यसमा स्मार्ट कनेक्टिभिटी फिचर रहने अनुमान रहेको छ ।
यस्तै हिरो इलेक्ट्रीकले तिन पाग्रे इलेक्ट्रीक स्कुटर ‘ट्राइक’ समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


