क्रेटा र सेल्टोसलाई टक्कर दिन स्कोडाको नयाँ एसयूभी

काठमाडौं । हुन्डाई क्रेटा र किया सेल्टोसलाई टक्कर दिन स्कोडाले भारतमा नयाँ कम्प्याट एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो कन्सेप्ट एसयूभीको उत्पादन सन् २०२१ बाट सुरु हुनेछ ।

स्कोडाले भिजन इन्डिया कन्सेप्ट र प्ल्याटर्फममा तयार पारेको यो पहिलो एसयूभी हो । मिडसाइज एसयूभीको रुपमा आउने यो एसयूभी ‘एमक्यूबी ए०–इन’ प्लायटफर्ममा बनाइएको हो । यो विशेषत भारतीय बजारलाई हेरेर स्कोडाले बनाएको पहिलो एसयूभी हो ।

स्कोडा भिजन इनलाई २०२१ को सुरुवातमा नै भारतीय बजारमा उतार्ने कम्पनीले तयारी गरेको छ । कम्पनीले यसको कन्सेप्ट हिजो सोमबार सार्वजनिक गरेको हो ।

१.५ लिटर टिएसआई पेट्रोल इन्जिनको साथ आउने यो भिजन इन एसयूभीको इन्जिनले १५० बीएच पावर र २५० एनएम टर्क प्रदान गर्ने जनाइएको छ । यसमा ७ स्पीड डिएसजी गियरबक्स दिइने छ । यसको गतिपनि तिब्र रहने कम्पनीले जनाएको छ । यसले ० देखि १०० किलोमिटरको स्पीड ८.७ सेकेन्टमा भेट्टाउने छ भने, १९५ किलोमिटर प्रतिघन्टाको उच्चगतिमा यसलाई चलाउन सकिने छ ।

नयाँ एसयूभीको लम्बाई ४२५६ एमएम रहने छ भने ह्वीलवेस २६७१ एमएमको हुनेछ । १९ इन्चको अलोय ह्वीको साथ आउने भिजन इनमा सबै लाइट एलइडी प्रयोग गरिने कम्पनीले जनाएको छ ।

यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्रि स्टाइन्डिङ डिस्प्ले दिइने छ । स्कोडाले यो गाडीलाई सुरक्षाको हिसावले निकै उत्कृष्ट बनाउने जनाएको छ ।


Back_to_top