यी ५ कुरा ध्यान दिएर चलाउनुस् अटोमेटिक कार, नत्र दुर्घटनामा परिएला

काठमाडौं । पछिल्लो समय सबै प्रकारका अटोमोबाइल्स कम्पनीले अटोमेटिक ट्रान्समिसनयुक्त कारको उत्पादन गरिरहेका छन् । साथै, एएमटी कारप्रति रुची राख्ने ग्राहकको संख्या पनि बृद्धि हुँदै गएको छ ।

विशेषत, ट्राफिक जामयुक्त क्षेत्रमा एएमटी कार चलाउन सहज हुने गर्छ । तर, अटोमेटिक कार चालकले गर्ने सामान्य गल्तीकै कारण कहिले काँही ठूलो सडक दुर्घटना हुने गर्छन् ।

ढलान गरिएको सडकमा न्युट्रल मोड

धेरै चालकले, इन्धन बचाउनैका लागि ढलान गरिएको स्थानमा समेत न्युट्रलमा गाडी गुुडाउने गर्छन । न्युन्ट्रलमा इन्धन सप्लाई बन्द हुने गर्छ । जसको प्रत्यक्ष असर ट्रान्समिसनमा पर्ने गर्छ । फलस्वरुप, कारको गियरबक्समा नोक्सान पुग्छ । जुन अवस्थामा कारको प्याडलबाट एक्सलरेट संचालन हुँदैन । उक्त अवस्थामा ड्राइभरले कार नियन्त्रणमा लिन सक्ने अवस्था रहदैन भने, दुर्घटना हुने संभावना समेत उच्च हुन्छ ।

बिना रोकावट रिभर्स गियर

अटोमेटिक कार चलाउँदा म्यानुअल कारको जस्तै रिभर्स गियर लगाउँदा गियरबक्स फेल हुनेगर्छ । विशेषत, चालकले गियरलाई अटो ट्रान्समिसनमा लैजाँदा मेकानिज्म गियर शिफ्टको लागि ट्रान्समिसन ब्यान्ड वा क्लचको प्रयोग गर्ने गर्छन् । त्यसैले, पूर्णरुपमा रोकेपछि मात्रै कारलाई ड्राइभ मोडमा लैजानु पर्छ ।

पार्किङ मोड

अटोमेटिक ट्रान्समिसनयुक्त कारलाई पार्किङ गर्दा चालकले पी मोडलको प्रयोग गर्ने गर्छन् । चलिरहेको कारमा उक्त एपको प्रयोग गर्दा ट्रान्समिसन खराब हुनपुग्छ । त्यसैले, कार रोकेको वा स्थिर भएको अवस्थामा मात्रै उक्त मोडको प्रयोग गर्नुपर्छ ।

ट्राफिक जाममा न्युट्रल मोड

ट्राफिक लाइटमा कार रोकिएको अवस्थामा कारलाई न्युटल मोडलमा राख्नु प्राय सबै चालकको बानी नै बनिसक्छ । तर, इन्धन बचाउनको लागि गरिएको उक्त कार्यले कारमा समस्या आउन सक्छ । उक्त, अवस्थामा अटोमेटिक कारलाई ड्राइभ मोडमा राख्नुपर्छ र ब्रेक लगाउनुपर्छ । जसको कारण गियरबक्स प्रयोग गर्नुपर्ने झन्झट आइपर्दैन । उक्त अवस्थामा स्टप÷स्टार्ट सिस्टमको समेत प्रयोग गर्नुपर्छ ।

लन्च कन्ट्रोल

अटोमेटिक ट्रान्समिसनयुक्त कारमा लन्च कन्ट्रोलको विशेषता दिइएको हुन्छ । तेज रफ्तार वा कम्पिटिशनको बेला प्रायः मानिस न्युट्रलबाटै रेस बढाउने गर्छन् र पछिमात्रै कारलाई ड्राइभ मोडमा लैजाने गर्छन् । यसले इन्जिन र गियरबक्समा प्रभाव पार्छ । त्यसैले, अटोमेटिक कार लन्च गर्ने समयमा ड्राइभ मोडमा राख्नुपर्छ ।


Back_to_top