५ लाखभन्दा कम मूल्यका ३ प्रिमियम फिचर भएका मोटरसाइकल

काठमाडौं । नेपालमा पछिल्लो समय सार्वजनिक भएका सबैजसो मोटरसाइकल फिचर लोडेड रहेका छन् । बढ्दो प्रतिस्पर्धाका बीच ग्राहक तान्न मोटरसाइकल कम्पनीहरूले आफ्नो उत्पादनमा एकपछि अर्को प्रिमियम फिचर थपिरहेका हुन् ।

अहिले ग्राहकले आफ्नो आवश्यकता अनुसार फिचर भएको मोटरसाइकल छनोट बढ्दै गएको छ । बजाज, टीभीएस र होण्डाले हालै बजारमा सार्वजनिक गरेका मोटरसाइकलहरू सबैजसो फिचर लोडेड छन् ।

होण्डाले सार्वजनिक गरको एनएक्स २००, बजाजको पल्सर एनएस २०० र टीभीएसले सार्वजनिक गरेको रोनिन फिचर लोडेड मोटरसाइकल हुन् ।

यी तीनै कम्पनीले सार्वजनिक गरेको मोटरसाइकलको मूल्य ५ लाखभन्दा कम मूल्य रहेको छ ।
यी तीन फरक सेग्मेन्टका मोटरसाइकलमा समान प्रिमियम फिचरहरू यूएसडी फर्क, एबीएस, डिजिटल डिस्प्ले लगायत छन् ।

१. एनएक्स २००

होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले हालै सार्वजनिक गरेको एड्भेन्चर टूरर मोटरसाइकल एनएक्स २०० एक्सको मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

यो मोटरसाइकलमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७.२७ बीएचस पावर र १६.१ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध छ । होण्डा एनएक्स २०० मा सार्प लुकिङ एलईडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलबार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।

यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।

२. टीभीएस रोनिन

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले क्रुजर प्रेरित डिजाइन भएको मोटरसाइकल रोनिन नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

प्रिमियम मोटरसाइकल टीभीएस रोनिनमा २२५।९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९।९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लिपर क्लचसमेत ग्राहकले पाउने छन् ।


यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलईडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

जगदम्बा मोटर्सले यो मोटरसाइकलको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

३. बजाज पल्सर एनएस २००

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज एनएसको सबैभन्दा टप भेरियन्टको रूपमा पल्सर एनएस २०० को यूएसडी फर्क भर्सन बिक्री गर्दै आएको छ ।

एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।


नयाँ भर्सन एनएस २०० मा गियर पोजिशन इन्डिकेटर सहितको डिजिटद डिस्प्ले, डबल च्यानल एबीएस र यूएसडी फर्क जस्ता प्रिमियम फिचर पाउन सकिन्छ ।

कम्पनीले यसको मूल्य ४ लाख २५ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


Back_to_top