काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनीले सन् २०२६ मा बजारमा तीन नयाँ कार ल्याउने भएको छ । कम्पनीले दुई नयाँ एसयूभी र एउटा सेडान कार बजारमा ल्याउने भएको हो ।
सन् २०२६ लाई मिड साइज एसयूभीको वर्ष भनिएको छ । हुन्डाईले यो सेग्मेन्टमा कुनै नयाँ कार ल्याउने छैन । तर, अन्य सेगमेन्टमा भने तीन नयाँ कार ल्याउने भएको हो ।
हुन्डाईले नयाँ कार सार्वजनिक गर्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, कम्पनीले नयाँ कारमध्ये पहिलो कार वर्षको मध्यतिर बजारमा ल्याउने आकलन छ । त्यस्तो अरु दुई कार वर्षको अन्तिमसम्म बजारमा आउने सम्भावना छ ।
१. नयाँ हुन्डाई एक्सटर
कम्पनीले यो वर्ष सन् २०२३ मा बजारमा ल्याएको हुन्डाई एक्सटरको फेसलिफ्ट मोडल बजारमा ल्याउने भएको छ । हुन्डाईले एक्सटरलाई ३ वर्षपछि नयाँ डिजाइन र फिचर थपेर अपग्रेड गर्न लागेको हो ।

नयाँ एक्स्टरमा बम्पर, हेडलम्प र टेल लम्पको डिजाइन नयाँ हुनेछ । यसमा १५ इन्चको नयाँ एलोय ह्वील, इन्टेरियमा ९.९ इन्च डिजिटल मिटर र १२.९ इन्चको टचस्क्रीन राख्ने अनुमान छ ।
तर, यी सुविधाहरू नयाँ इलेक्ट्रीक एक्सटरमा पहिलो पटक आउने सम्भावना छ । एक्सटर ईभी सन् २०२७ को पहिलो त्रैमामा आउने तय भइसकेको छ।
इन्जिन र गियरहरू हालको मोडेल जस्तै नै रहने देखिन्छ। तर, कम्पनीले नयाँ सीएनजी भेरियन्टमा पनि ५ स्पीड अटोमेटेड म्यानुअल गियरको विकल्प दिनेछ ।
२. नयाँ हुन्डाई भर्ना
हुन्डाईले यस वर्ष छैटौं पुस्ताको नयाँ हुन्डाई भनाए पनि बजारमा ल्याउने छ । अहिले नयाँ भर्ना विभिन्न ठाउँमा सडक परीक्षण भइरहेको स्पाइ तस्बिरहरू सार्वजनिक भइरहेका छन् ।
नयाँ भर्नामा नयाँ सोनाटा प्रेरित डायनामिक फ्रन्ट एन्ड हुनेछ। यसमा मुख्य गरी पुनः डिजाइन गरिएको स्प्लिट हेडलम्प, स्पोर्टियर बम्पर र ग्रिलको नयाँ रूप हुने अपेक्षा गरिएको छ ।
फेसलिफ्ट गरिएको भर्नामा नयाँ १६ इन्चको अलोय ह्वील, परिमार्जित टेल ल्याम्प्सहरू र पुनः डिजाइन गरिएको रियर बम्पर पनि हुनेछ।
इन्टेरियरले पनि ड्यासबोर्ड नयाँ रूप पाउनेछ । यसमा दुईवटा १२. ३ इन्च डिस्प्लेहरू एकै प्यानलमा समाहित हुनेछ । दुवै सीसीएनसी सफ्टवेयरमा चल्नेछन् । यसको इन्जिन र गियर अप्सनमा भने कुनै परिवर्तन हुने सम्भावना छैन।
३. हुन्डाई बायोन
कम्पनीले हुन्डाई बायोन यो वर्षको अन्त्य वा सन् २०२७ को पहिलो त्रैमाससम्ममा बजारमा ल्याउने छ । कम्पनीले अहिले यसको दक्षिण कोरियामा यसको परीक्षण गरिरहेको छ । कम्पनीले यस वर्षदेखि बायोन भारतमा पनि उत्पादन गर्नेछ ।

परीक्षणमा देखिएको बायोनको फ्रन्ट फेसिया विल्कुलै नयाँ देख्न सकिन्छ । ग्रिल र बम्पर पनि हुन्डाईले यसअघि प्रयोग गर्दै आएको भन्दा फरक छ । यसमा निकै स्लीक डिजाइनमा लाइटहरूको प्रयोग गरेको देखिन्छ ।
हुन्डाईले बायोन एसयूभीमा पछाडि कनेक्टेड टेल लाइट, वाइपर, सार्कफिन एन्टिना र तल्लो भागमा स्कीड प्लेट प्रयोग भएको छ ।
हुन्डाईले नयाँ एसयूभीमा अल न्यू ड्यासबोर्ड, लेभल टु एडास, चारवटै चक्कामा डिस्क ब्रेक, सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर लगायत फिचरहरू दिने अनुमान गर्न सकिन्छ ।
कम्पनीले भेन्यूमा प्रयोग गरेको १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.२ लिटर टर्बो पेट्रोल इन्जिनको साथमा ल्याउने अनुमान गरिएको छ ।

