नेपालमा यही साता लन्च हुँदै तीन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । नेपाली बजारमा यही साता तीन ब्राण्डका नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक हुने भएका छन् ।

ट्रायम्फ र सीएफमोटोले नयाँ मोटरसाइकल र एम्पियरले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएका हुन् ।

एम्पियरले इलेक्ट्रीक स्कुटर आज (बिहीबार) सार्वजनिक गर्दैछ । त्यस्तै, ट्रायम्फले शुक्रबार र सीएफमोटोको नयाँ मोटरसाइकल शनिबार सार्वजनिक हुनेछ ।

एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटोमोबाइल शोलुसनले एम्पियर इलेक्ट्रीक स्कुटरका तीन मोडल सार्वजनिक गर्दै छ । कम्पनीले काठमाडौंको रवि भवनमा सोरुम स्थापना गरेर स्कुटर बिक्री सुरू गर्न लागेको हो ।

एम्पियरका स्कुटरहरू मेग्नस, नेक्सस र रिओ ८० गरी तीन मोडल सार्वजनिक हुनेछ । एम्पियर मेग्नस निओ एम्पियर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ । यसलाई एकपटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

नेक्ससमा ३.३ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

त्यसैगरी, रिओ ८० कम पावर भएको इलेक्ट्रीक स्कुटर हो । यसको टप स्पीड क्षमाता २५ किलोमिटर प्रतिघण्टाको रहेको छ । यसमा १.४४ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर ८५ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

एम्पियर स्कुटहरूमा अलोय ह्वील, डिस्क ब्रेक, एलईडी लाइट, यूएसबी चार्जर, कलर डिस्प्ले जस्ता फिचर उपलब्ध छ ।

शुक्रबार सार्वजनिक हुने ट्रायम्फ स्क्रयामलर ४०० एक्ससी ‘एक्स मोडल’ भन्दा फरक कस्मेटिक डिजाइन र सेग्मेन्टकै पहिलो नयाँ कलर अप्सनमा छ । पूरा अफरोड प्रेरित डिजाइनमा तयार भएको नयाँ भेरियन्टमा क्रस स्पोक अलोय ह्वील र ट्युबलेस डबल पर्पस टायर छ ।

यसमा अपसाइड डाउन यूएसडी फ्रन्ट फर्क र रियरमा एड्जस्टेबल अपसेट मोनोसक सस्पेन्सन सेटअप रहेको छ । स्क्रयाम ४०० एक्ससीमा बडी कलर विक स्टायलको मडगार्ड, फ्लाइ स्क्रीन, हाइ माउन्टेड फ्रन्ट फेन्डर, सानो विन्ड स्क्रीन, सम्प गार्ड, इन्जिन प्रोटेक्सन गार्ड र सिंगल पिस स्प्लिट सिट छ ।

ट्रु स्क्रयामलर डीएनएमा निर्माण भएको स्क्रयाम्बलर ४०० एक्ससीमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ३९.५ पीएस पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ । कम्पनीले यसको मूल्य ८ लाख रुपैयाँ तोकेर अहिले बुकिङ खुला गराएको छ ।

त्यस्तै, सीएफमोटोले ४५० सीसी क्रुजर मोटरसाइल शनिबार सार्वजनिक गर्दैछ । शनिबार आयोजना हुने बाइक्स एण्ड कफी इभेन्टमा कम्पनीले मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले सीएफमोटो ४५० सीएलसी क्रुजर नेपालमा भित्र्याउने भएको हो । सीएफमोटो ४५० सीएलसी क्रुजर मोटरसाइकलमा ४४९ सीसी लिक्वीड कुल्ड प्यारलल ट्वीन सिलिण्डर डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ४० हर्षपावर र ४२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियर भएको यो मोटरसाइकलमा स्लिपर क्लच समेत उपलब्ध हुनेछ ।

यो मोटरसाइकल निकै प्रिमियम मोटरसाइकहरूमा हुने जस्तै बेल्ट ड्राइभ सिस्टम रहेको छ । ४५० सीएलसीको फ्रन्टमा ३७ एमएम यूएसडी सस्पेन्सन र रियरमा प्रिलोड मोनोशक सस्पेन्सन उपलब्ध छ ।

यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक, ट्रयाक्सन कन्ट्रोल, साइड स्ट्याण्ड सेन्सर, टीएफटी डिस्प्ले, बारइण्ड मिरर, एलईडी लाइट सेटअप जस्ता फिचर उपलब्ध हुनेछ ।


Back_to_top