दीपलका ईभी बुटवलबाट बिक्री सुरू

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दीपलका ईभी लुम्बिनी प्रदेशको बुटवलबाट बिक्री सुरू गरेको छ । आइतबार बुटवलमा एक कार्यक्रा आयोजना गरि दीपलका ईभीको बिक्री सुरू गरिएको हो ।

दीपलका विद्युतीय कारको बिक्री शुभारम्भ कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतको उपस्थिति थियो ।

फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दीपल एस०७ र एल०७ मोडल बिक्रीको लागि उपलब्ध भएको छ । ईभी सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दीपल र चांगानको सफलताको कामना गरे ।

चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दीपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ । हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं’, श्रेष्ठले भने ।

दीपल कारमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् । त्यहि कारण यसले नेपाली बजारमा छोटो समयमै लोकप्रियता हासिल गर्न सफल भएको हो ।

साथै, एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दीपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउनेछन् ।


Back_to_top