काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङले बुकिङ खुल्ला गरेको पहिलो दिन नै ३१ हजार ५२८ यूनिट ‘पी-७ प्लस’ मोडल बुकिङ भएको छ । नोभेम्बर ७ तरिखको दिन यसको लन्च भएको र एक दिनमा ठूलो परिमाणको बुकिङ पाएको कम्पनीले जानकारी दिएको हो ।
चिनियाँ बजारमा ‘पी-७ प्लस’ मोडल विभिन तीन भेरियन्टमा सार्वजनिक भएको हो । यसलाई कम्पनीले लङ रेन्ज, अल्ट्र लङ रेन्ज र लिमिटेड एडिसन गरेर तीन भेरियन्टमा उपलब्ध गराएको छ । यसको लङ रेन्ज भेरियन्टमा ६०.७ किलोवाट आवरको ब्याट्री र १८० किलोवाट क्षमताको मोटर दिइएको छ ।
अल्ट्रा लङ रेन्ज र लिमिटेड एडिशन भने ७६.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकको साथ बजारमा उपलब्ध छ । कम्पनीले गाडीको अधिकतम रेन्ज ७१० किलोमिटरसम्म हुने सीएलटीसीले प्रमाणित गरेको छ ।
यो गाडीको खास विशेषता भनेको एआई टेक्नोलोजीमा आधारित रहनु हो । साथै, यसको इन्टेरियर पनि फिचर लोडेड छ । १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट प्यानल, पछाडि बस्नेलाई ८ इन्चको इन्टरटेन्टमेन्ट स्कृन, २.१ मिटर स्क्वायरको पानारोमिक शनरुफ पाउन सकिन्छ ।
कारमा ९९.९ प्रतिशत अल्ट्राभोइलेट रेजहरु रोक्न सक्ने क्षमाता रहेको कम्पनीको दावी छ । साथै, हिटेट, भ्यान्टीलेटेड र मसाजसहितको नेपा लेदर सिट, २० स्पीकर, सासफेर्दा, म्यूजिक बजाउँदा, ढोका खोल्दा होस् वा गाडीमा चढ्दा फरक लाइट दिने एम्बीयन्ट लाइट प्रयोग गरिएको छ ।


