हिरोले देखायो नयाँ करिज्मा २१०, धमाधम प्रिमियम मोटरसाइकल ल्याउँदै

काठमाडौं । हिरो मोटोकर्पले इक्मा २०२४ मा लगातार नयाँ प्रडक्ट प्रर्दशन गर्दै सप्राइज गरिरहेको छ । कम्पनीले उत्पादन गर्ने कम्यूटर मोटरसाइकललाई छोडेर यूरोपमा प्रिमियम मोटरसाइकल प्रर्दशन गरेको हो ।

हिरो मोटोकर्पले गत वर्षदेखि भारतीय बजारमा बिक्री सुरू गरेको हिरो करिज्मा २१० प्रो भर्सन मिलानमा भइरहेको इक्मा अटो शो २०२४ मा सार्वजनिक गरेको हो ।

यसअघि कम्पनीले एक्सपल्स २१०, करिज्मा २५०, एक्स्ट्रीम २५० आर जस्ता मोटरसाइकल प्रदर्शन गरिसकेको छ भने, एक्सपल्स ४२१ को स्केच समेत सार्वजनिक गरेको छ ।

गत वर्ष सार्वजनिक भएको हिरो करिज्मा २१० मा नयाँ फिचर थप गरेर करिज्मा २१० प्रो ल्याएको हो ।

नयाँ प्रर्दशन गरिएको करिज्मा २१० प्रोमा यूएसडी फर्क र टीएफटी डिस्प्ले देखिएको छ । हिरो करिज्मा २१० सार्वजनिक हुँदा ग्राहकले यूएसडी फर्कको कमि भएको प्रतिक्रिया दिएका थिए । यसका अलावा अन्य कुनै परिर्वतन हिरो करिज्मा प्रोमा देखिएको छैन् । प्रडक्सन मोडलमा भने यसमा अन्य फिचर थप भएर आउने अनुमान गर्न सकिन्छ ।

करिज्मामा २१० सीसी लिक्वीड कुल्ड, फोर भल्भ इन्जिन छ । यो इन्जिनले ९२५० आरपीएममा अधिकतम २५.५ पीएस पावर तथा ७२५० आरपीएममा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियर बक्स उपलब्ध छ भने यसको टप स्पीड १४० किलोमिटर रहेको छ ।


Back_to_top