गाडीमा ‘इम्बोस्ड नम्बर प्लेट’ लगाउन जाँदा पाइने दुःख

सांकेतिक तस्बीर

काठमाडौं । लामो विवाद, मुद्दा, सरकारी रबैया र आमनागरिकको चासोका बीच सुरु भएको इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नागरिकले गाडी किन्दाभन्दा कयौं गुणा धेरै दुःख पाउँछन् ।

करिब २५ लाख सवारीसाधनमा लगाउने तयारी भएको इम्बोस्ड नम्बर प्लेट यति धेरै कठिन बनाउनु हुँदैन थियो । अहिले टेकुमा रहेको भेहिकल फिटनेश सेन्टरमा दैनिक अधिकतम ५० वटा गाडीले सेवा पाउने छन् । यहाँ मोटरसाइकल र स्कुटर बाहेक अन्य सबै साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिन्छ । सेवा थाेरैले पाएपछि समस्या कति हुन्छ भन्नु नपर्ला ।

यातायात विभागले जति सहजै अनलाईन सेवाबाट आवेदन दिन सकिने उल्लेख गरेकाे छ, काम गर्न जाँदा कयौं गुणा कठिनाई भोग्नु पर्छ । आवेदन दिएपछि भोग्नु पर्ने समस्या यसप्रकार छन् ।

ब्यक्तिगत नाममा दर्ता हुने र कार्यालयको नाममा दर्ता हुने दुई किसिमको साधनका धनीले फरक फरक दुःख पाउनु पर्छ । ब्यक्तिगत नाममा दर्ता भएका सवारीधनीले बायोमाट्रीक गर्नु पर्छ भने कम्पनीको नाममा खरिद भएको गाडीमा बायोमेट्रीक गर्नु पर्दैन ।

कर्जामा गाडी किनेका मानिसले नम्बर प्लेटको आवेदन गर्दा बैंकले नम्बर दिनु भनेर चिठ्ठी लेख्नु पर्छ । जबकी गाडीको नम्बर प्लेट यसअघि नै रहेको हुन्छ । त्यसमा बैंकको ढोका चहार्नु पर्ने बनाएर सेवाग्राहीलाई कठिन बनाइएको छ ।

यातायात कार्यालयले इम्बोस्ड बापत लाग्ने दस्तुर बुझेपछि नम्बर प्लेटको प्रतिक्षा गर्नुपर्छ । नम्बर प्लेट छापिएपछि कार्यालयले म्यासेज पढाउने ब्यवस्था गरेको हुन्छ । तर, सबै सेवाग्राहीलाई म्यासेज पुगेको छ वा छैन भन्ने एकिन गर्ने ब्यवस्था गरिएको छैन । म्यासेज नपाउने ग्राहकले विभागको ढोका पुनः चाहर्नु पर्ने हुन्छ । यसरी कार्यालयमा आफैँ पुगेर म्यासेज आउने बातावरण बनाउनु सेवाग्राहीलाई दुःख दिनु हो ।

म्यसेज आएपछि करिब एक महिनापछिको समय पाउने अवस्था रहेको विभागको भनाई छ । अहिले तपाईले नम्बर प्लेट आवेदन दिनुभयो भने अब अगस्ट २० तारिक अगाडि जडान गर्न सक्नहुन्न । समय पाएको दिन तपाई विभागले तोकेको टेकु स्थित भेहिकल फिटनेश सेन्टर जानु पर्ने हुन्छ । त्यहाँ फेरी अर्कै किसिमका दुःख भोग्नु पर्छ ।

यदि तपाईले विलबुकमा हेरेकै भरमा मात्रै अनलाईनबाट इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन दिनु भएको छ भने तपाईको इन्ट्री गलत हुन सक्छ । त्यसैले आवेदन दिदा गाडीमा दिइएको च्याचिस नम्बर र इन्जिन नम्बर राम्रोसँग रुजु गर्दा राम्रो हुन्छ । यदि एउटा मात्रै अक्षर गलत भएको रहेछ भने अर्को समस्या आउँछ ।

तपाईले एउटा अक्षर गलतगर्दा पुन सच्याउन आवेदन दिनु पर्छ । यसरी आवेदन दिदा समयसँगै मानसिक तनाव पनि हुन्छ । अनलाइन फर्म भर्दा प्रयोग भएको नागरिकता नम्बर बाहक बाहेक अर्को मानिसले आवेदन दिन सक्ने छैनन् । आवेदन दिएपछि तपाईको गाडीमा इम्बोस्ड नम्बर प्लेट लाग्छ ।


Back_to_top