बीएमडब्लूले ल्यायो अर्को सानो साइजको मोटरसाइकल

काठमाडौं । बीएमडब्ल्यूको नयाँ मोटरसाइकल भारतीय बजारमा सार्वजनिक भएको छ । टीभीएसँगको सहकार्यमा बीएमडब्लूले भारतमा उत्पादन गरेको सानो क्षमताको जी ३१० आरआर सार्वजनिक भएको हो ।

बीएमडब्लूले टीभीएस आरआर ३१० मा आधारित नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । यसअघि कम्पनीले जी ३१० आर र जी ३१० जीएस भारतमा नै उत्पादन गर्दै आएको थियो ।

हाल कम्पनीले सार्वजनिक गरेको नयाँ मोटरसाइकल जी ३०१ आरआर सेमी फियर्ड डिजाइनमा रहेको छ । यो मोटरसाइकल बीएमडब्ल्यू एस १००० आरबाट प्रभावित मान्न सकिन्छ ।

कम्पनीले जी ३१० आरआरको सुरुवाती मूल्य २ लाख ८५ हजार एक्सशोरुम मूल्य निर्धारण गरेर भारतमा विक्री सुरु गरेको हो ।

यो मोटरसाइकलमा ३१२ सीसी सिंगल सिलिन्डर रिर्भस इन्क्लाइन लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ भने यो मोटरसाइकल ३.९ सेकेन्डका ०–६० को स्पीड भेट्न सक्छ ।

यो मोटरसाइकलमा डुअल एलइडी प्रोजेक्टर हेडल्याम्प, सार्प एलइडी टर्न इन्डिकेटर, स्प्लीट सिट, कम्प्याक एलइडी टेल ल्याम्प, टीएफटी डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, गोल्डेन कलर यूएसडी फर्क, डबल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top