काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि बैशाख १४ गते लगाएको आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो । बैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो । अहिले लगाइएको प्रतिबन्ध ४५ दिनको लागि तोकिएको छ ।
यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भएपनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।
गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो ।
यस्तो छ राजपत्रमा प्रकाशित सूचना



