काठमाडौं । बैंकक मोटर शो २०२४ सुरू भएको छ । आजदेखि थाइल्याण्डको राजधानी बैंकका ४५ औं संस्करणको अटो शो सुरू भएको हो ।
बैंकक मोटर शो विश्वकै पुरानो मध्येको एक अटो शो हो । यसपटकको बैंकक मोटर शोमा चिनियाँ ब्राण्डको दबदबा रहेको छ । चिनियाँ ब्राण्ड बीवाइडी, चांगान, जिकर, नेटा, एक्सपेङ, एमजी, जीएसी एवोन जस्ता ब्राण्डले बलियो उपस्थिति जनाएका छन् ।

रोचक विषय के छ भने मोटर शोमा भाग लिने अधिकांश ब्राण्डले थाइल्याण्डमा प्लान्ट स्थापना गर्ने योजना अगाडि सारेका छन् । धेरै ब्राण्डले त प्लान्ट निर्माण नै गरिसकेका छन् । यसले विश्वभरका अटोपण्डितहरूको ध्यान खिच्न सफल भएको छ ।
थाइल्याण्डको बजारलाई जापानी कम्पनीको प्रभुत्व रहेको बजार मानिन्थ्यो । सन् २०१८ मा एमजी मोटर्सको प्लान्ट स्थापना र उत्पादनसँगै थाइल्याण्ड चिनियाँ कारको प्रयोग बढ्न थालेको हो । त्यसलाई बीवाइडी र नेटा भीले थप उचाई दिएसँगै अहिले चिनियाँ ब्राण्डको ध्यान थाइल्याण्डको बजारमा केन्द्रीत भएको देखिन्छ ।






