आकर्षक मूल्यमा बिक्री सुरू भयो ‘बीवाइडी अप’ एसयूभी

काठमाडौं । बीवाइडीले आफ्नो इलेक्ट्रीक एसयूभी लाइनअपमा सबैभन्दा कम मूल्यको मोडल ‘युवान अप’को बिक्री सुरु गरेको छ । कम्पनीले यसको सुरुवाती मूल्य १३ हजार ४०० डलर कायम गरेर बिक्री सुरु गरेको हो ।

कम्पनीले युवान अपलाई विभिन्न तीन भेरियन्टमा ल्याएको छ । सर्ट रेन्ज अप एक भेरियन्टमा मात्रै उपलब्ध छ । साथै, लङ रेन्ज मोडल भने १५ हजार २०० डलर र १६ हजार ६०० अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

चर्चित मोडल एटो–३ भन्दा सानो साइजमा उपलब्ध यो एसयूभी ग्लोवल मोडल हुने बताइएको छ । बीवाइडीले नयाँ एसयूभीलाई ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा ल्याएको हो । कम्पनीको सानो ब्याट्रीले ३०१ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ ।

त्यसैगरी यसमा रहने ठूलो ४५.१ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ । युवान अप मोडलमा मोटर पनि दुई अप्सनमा उपलब्ध छ ।

अहिले डल्फीनमा रहेको जस्तै ७० किलोवाट र ठूलोमा १३० किलोवाटको इलेक्ट्रीक मोटर यसमा पाउन सकिन्छ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहने छ ।

बीवाइडीको इ-प्लेटफर्म ३.० मा बनेको अप मोडलको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ ।

कम्पनीले यसमा २६२० एमएम लामो ह्वीलवेस दिएको छ । यसलाई कम्पनीले अप्सनल फिचरको रुपमा प्यानारोमिक सनरुफ र लगेज र्याक दिएर ल्याउने छ । सेमी हिडन डोर ह्याण्डल रहेको युवान अपमा १६ र १७ इन्चको ह्वील रहने छ ।


Back_to_top