सहरदेखि गाउँसम्म सुपर स्प्लेन्डरलाई सफलता दिलाउने ५ कारण

काठमाडौं । हिरो होन्डा स्प्लेन्डरको नामबाट चर्चित बनेको सुपर स्प्लेन्डर भारतमा होन्डा र हिरो बीचको सहकार्य टुटेपछि ‘हिरो स्प्लेन्डर’ भएको हो । भारतमा अहिले हिरो र होन्डाले सहकार्य तोडर आ-आफ्नो मोडलहरु उत्पादन गरिरहेका छन् ।

यसअघि हिरो होन्डा ब्राण्ड नेमबाट उत्पादन भएका सबै मोडल हिरोले उत्पादन गर्दै आएको छ । अहिलेपनि भारतमा हिरो सर्वाधिक धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनी हो भने नेपालमा पनि हिरोका प्राय सबै मोडलहरु बिक्री भइरहेका छन् ।

कम्पनीले यसमा १२४.७ सीसी क्षमताको एयर कुल्ड, फोर स्टोक ओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७००० आरपीएममा ९ बीएच पावर र ४००० आरपीएममा १०.३५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ४ स्पीड कन्सट्यान्ट मेस गियरबक्स र मल्टिप्लेट वेट क्लच उपलब्ध रहेको छ ।

यस्तोमा हिरोले १२५ सीसी क्षमतामा बिक्री गर्दै आएको स्प्लेन्डरको विषयमा हामी जानकारी दिदैछौ । किन कम्यूटर सेग्मेन्टमा सुपर स्प्लेन्डर चर्चित छ भन्ने विषय थाहापाउन यसका ५ उत्कृष्टतालाई बुझन जरुरी हुन्छ ।

टेक्नोलोजीको प्रयोग

हिरो मोटोकर्पले विकास गरेको आई-थ्री-एस प्रविधि संसारभर चर्चित छ । आइडल स्टप स्टार्ट प्रणालीमार्फत् मोटरसाइकलको माइलेजमा सुधार ल्याउने यो प्रविधि अहिले विश्वका धेरै टु ह्वीलर उत्पादकले प्रयोग गर्न थालेका छन् ।

हिरोले सबैभन्दा पहिला नै स्प्लेन्डरमा आई-स्मार्ट टेक्नोलोजीको प्रयोग गरेको हो । यसको प्रयोगले मोटरसाइकल रोकेर राखेको पाँच सकेन्डपछि आफै इन्जिन बन्द हुन्छ । चालकले मोटरसाइकलको क्लच-थिचेसँगै स्वचालितरुपमा इन्जिन सञ्चालनमा आउँछ ।

हिरोले विकास गरेको यस प्रविधिलाई अन्य अटो उत्पादक कम्पनीले समेत प्रयोग गर्न थालेका छन् । हिरो कम्पनीले आफ्ना सबै मोडलमा सन् २०२० अप्रिल १ गतेबाट यो प्रविधि कार्यान्वयनमा ल्याएको छ ।

माइलेजमा उत्कृष्ट

यसैपनि हिरोले उत्पादन गरेका मोटरसाइकलको माइलेज राम्रो हुने गरेको छ । सुपर स्प्लेन्डरले ६० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ । यसको माइलेज धेरै हुनुमा आई-थ्री-एस प्रणाली पनि मुख्य कारण मानिन्छ ।

आई-स्मार्ट प्रणालीले रोकिएर बसेको वा आवश्यक नपरेको अवस्थामा स्वचालितढङ्गबाट इन्जिन बन्द गरिदिने हुँदा इन्धन बचत हुन्छ । त्यतिमात्रै नभई चालकको आवश्यकता बमोजिम क्लच थिचेपछि आफैँ इन्जिन सञ्चालनमा आउँछ । चालकले मोटरसाइकल बन्द गरेपछि आई-थ्री-एस प्रणालीले इन्जिनलाई हाइबरनेट वा स्लीप-मोडलमा लैजाने गर्छ ।

राम्रो रिसेल मूल्य

नेपालमा स्प्लेन्डर मात्रै यस्तो मोटरसाइकल हो यसको रिसेल मूल्य अविश्वसनीय पाउन सकिन्छ । बजारमा अन्य मोडलको तुलनामा स्प्लेन्डरको रिसेल मूल्य २० प्रतिशतसम्मले बढी आउने गरेको रिकन्डिसन संचालकहरुको भनाई छ ।

सहरदेखि ग्रामिण क्षेत्रको लागि उपयोगी

हिरो स्प्लेन्डर सहर, तराई र पहाड सबै क्षेत्रको लागि उपयूक्त मोटरसाइकल मानिन्छ । संचालन लागत कम पर्ने भएकाले धेरै कामकाजी मानिसको रोजाईमा पर्ने यो मोटरसाइकलको अहिले ठूलो बजार हिस्सा तराइका जिल्लाहरुमा रहेको छ ।

मूल्य

हिरो सुपर स्प्लेन्डर आईबीएस १२५ को मूल्य १ लाख ९८ हजार रुपैयाँ रहेको छ । कम्पनीले सुपर माइलेज, सुपर स्टाइल, सुपर पर्फमेन्स र सुपर सेफ्टी नारासहित यसलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यसका विषयमा थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोला ।

यो पनि पढ्नुहोस्: सुपर स्प्लेन्डर ‘आईबीएस’ भर्सन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता


Back_to_top