पैसा हुनेले निजी विमान किन्न पाउने

काठमाडौं । ‘हवाई नीति २०७७’ को मस्यौदामा निजी प्रयोजनको लागि जहाज राख्न पाइने पाइने उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको उक्त मस्यौदामा एक इन्जिन युक्त जहाज राख्न पाइने व्यवस्था गरेको हो ।

यसरी ल्याइने जहाजले तोकेको परिक्षण भने पुरा गर्नु पर्ने जनाइएको छ । तर, यसरी निजी प्रयोजनको लागि ल्याइने जहाज भाडामा भने लगाउन पाइने छैन ।

निजी प्रयोजनको लागि ल्याइने जहाज त्यसको लाइफको ५० प्रतिशत समय नबितेको हुनु पर्ने जनाइएको छ । निर्माता कम्पनीले उत्पादन गरेको १२ वर्ष नकटेका जहाज मात्रै किनेर ल्याउन पाइने छ ।

यसअघि निजी जहाज राख्न पाउने नीति निर्माण गर्न सरोकारवाला निकायलाई दवाव दिदै आइएको थियो । अब यो नीति छलफलपछि लागु हुने जनाइएको छ ।


Back_to_top