महिना दिनपछि कम मूल्यको ह्याचव्याक कार ल्याउँदै मारुती सुजुकी

काठमाडौं । ‘इन्डो-जापानी ब्राण्ड’ मारुती सुजुकीले नयाँ ह्याचव्याक कार सेप्टेम्बरको अन्त्यमा बजारमा उतार्ने तयारी गरिरहेको छ । ढिलामा यसलाई कम्पनीले अक्टोबरमा बजारमा ल्याउने अनुमान गरिएको छ ।

कम्पनीले नयाँ ल्याउने कार सेलेरियो हो । यो नयाँ नाम नभएपनि गाडी भने पुरै नयाँ डिजाइन, फ्रेस लुक्स र नयाँ प्ल्याटफर्ममा आउने छ । यो सेलेरियोको सेकेन्ड जेनेरेशन मोडल हो ।

नेपालमा पनि निकै सफल सेलेरियो बि सेग्मेन्ट ह्याचव्याकमा टप सेलिङ मोडलमा पर्दै आएको छ । यस्तोमा कम्पनलिे ल्याउन लागेको नयाँ जेनेरेशन मोडलमा धेरैको चासो बढ्दै गएको छ ।

कम्पनीले नयाँ जेनेरेशन सेलेरियोलाई नयाँ हर्टटेक प्ल्याटफर्ममा उत्पादन गरिरहेको छ । पहिलोको भन्दा ठूलो ह्वीलवेस, अलोय ह्वील र साइज पनि अग्लो हुने सेलेरियो विभिन्न चरणमा परिक्षण भइरहेका तस्विरहरु बाहिर आइरहेका छन् ।

दुई इन्जिन अप्सनमा यसलाई बजारमा ल्याउने तयारी भइरहेको बताइएको छ । नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर र १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध रहने छ ।

‘इन व्यूल्ट इन्फोटेन्टमेनट सिस्टम, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, एयरव्याग, सिटबेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर जस्ता फिचर यसमा समाबेस हुने अनुमान गरिएको छ ।

अहिले सेलेरियोको तीन भेरियन्ट नेपालमा बिक्री हुँदै आएको छ । जसमा सेलेरियो भिएक्सआईको मूल्य २४ लाख ९९ हजार, जेडएक्सआईको मूल्य २७ लाख ४९ हजार र सेलेरियो उक्सको मूल्य २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top