काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सार्वजनिक स्थलमा धुम्रपान गरे ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।
महानगरपालिका भित्रका सडक, पार्क, लगायत सार्वजनिक स्थलहरूमा धुम्रपान गरेका प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
यदि, दोस्रोपटक धुम्रपान गरेको भेटिएमा प्रत्यक पटक दोब्बरले जरिवाना लाग्नेछ ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको बताए ।

