महिन्द्राले २० लाखभन्दा कम मूल्यमा ल्यायो ७ सिटे इलेक्ट्रीक एसयूभी

काठमाडौं । महिन्द्राले भारतमा १९ लाख ९५ हजार भारतीय रुपैयाँ मूल्य तोकेर ७ सिट क्षमताको ‘एक्सईभी ९ एस’ सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रम गरेर नयाँ एसयूभी सार्वजनिक गरेको हो ।

सात सिट क्षमताको इलेक्ट्रीक एसयूभीको लम्बाइ ४७८९ एमएम, चौडाइ १९०७ एमएम, उचाइ १६९४ एमएम छ । कम्पनीले यसमा २७७५ एमएम लामो ह्वीलबेस दिएको छ । महिन्द्राका अनुसार एक्सईभी ९ एस मोडलको ग्राउण्ड क्लियरेन्स ब्याट्रीबाट २१८ एमएम र बडी पार्टबाट २०७ एमएम अग्लो छ ।

एक्सईभी ९ ईकै जस्तो फ्रन्ट फेसियामा सजिएको नयाँ ७ सिट क्षमताको एसयूभीमा फुलविथ एलईडी डीआरएल, भर्टिकल इन्ट्रिग्रेटेड एलईडी हेडलाइट, सेन्टरमा महिन्द्राको इलेक्ट्रीक झल्काउने इलुमिनेटेड लोगो दिएको छ ।

नयाँ एसयूभीमा फ्लस डोर ह्याण्डल, नयाँ डिजाइनको अलोय ह्वील, ब्ल्याक कलरको बडी क्लाइडिङ प्रयोग भएको छ । सामान राख्नको लागि नयाँ एसयूभीमा ५२७ लिटरको बुट स्पेश र १५० लिटरको फ्रन्ट फ्रङ्क दिएको छ ।

महिन्द्राले एक्सईभी ९ एसको इन्टेरियरमा १२.३ इन्चको ट्रिपल स्क्रीन लेआउट सहित भिजन एआर एचयूडी समेत दिएको छ । तीन स्क्रीन मध्ये सेन्टर र प्यासेन्जर स्क्रीन टचमा उपलब्ध छ । ड्राइभर इन्फर्मेसन स्क्रीन टीएफटी पाउन सकिन्छ ।

कम्पनीका अनुसार यसमा लेटेस्ट फाइभ जी कनेक्टिभिटी छ । यसका अलावा गाडीको अगाडि र पछाडिको सिट भेन्टिलेटेड छ । पावर्ड बोस मोड, मल्टिजोन क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइट सहितको स्काई रुफ, ठूलो साइजको खोल्न सकिने पानारोमिक सनरुफ, १६ वटा हर्मन कार्डनको स्पिकर, ५४० डिग्री क्यामरा, एनएफसी बेसको डिजिटल कार्ड, वायलेस चार्जिङ पाउन सकिन्छ ।

महिन्द्राको ‘वर्न इलेक्ट्रीक इनग्लो प्लेटफर्म’मा बनेको एक्सईभी ९ एसमा इन्टेलिजेन्ट सेमी एक्टिभ ड्याम्पर, ५ लिङ्क इण्डिपेन्डेन्ट सस्पेन्सन, आइईबी सहितको ब्रेक बाइ वायर, आइ लिङ्क फ्रन्ट सस्पेन्सन, हाइ पावर स्टेरिङ विथ भीजीआर चेसिस दिइएको छ ।

 

एक्सईभी ९ एसमा २१० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले २८२ हर्सपावर र ३८० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो ईभीलाई शून्यबाट १०० किलोमिटरको स्पीडमा गुडाउन जम्मा ७ सेकेण्ड लाग्छ । यसको टपस्पीड क्षमता २०२ किलोमिटर प्रतिघण्टा छ ।

महिन्द्राले एक्सईभी ९ एसलाई ५९, ७० र ७९ किलोवाट आवर गरी तीन फरक ब्याट्रीप्याकमा ल्याएको छ । यसले १८० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

सुरक्षाको लागि यो एसयूभीमा अल्ट्रा हाइस्ट्रेन्थ स्टील, ६ वटा एयरब्याग, चारै चक्कामा डिस ब्रेक, लेभल २ प्लस एडास, एईबी, एडाप्टिभ क्रुज कन्ट्रोल, अटो पार्किङ जस्ता अत्याधुनिक फिचर छन् ।

महिन्द्राले एक्सईभी ९ एसमा लाइभ भिडिया सर्भिलेन्सको लागि सेक्योर ३६० प्रोको फिचर समेत ल्याएको छ । अहिले देखाइएको गाडी आगामी जनवरी १४ को दिन बुकिङ खुला हुने र २३ जनवरीबाट डेलिभरी पाइने कम्पनीले जनाएको छ ।


Back_to_top