कान्तिपथमा कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ कान्तिपथमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार राति बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

साथै, दुर्घटनामा स्कुटरमा सवार थप दुई जना घाइत भएका छन् । जसमा एक जनाको केएमसी र अर्को एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


Back_to_top