काठमाडौं । रोयल इनफिल्डको नयाँ पावरफुल बुलेट ६५० मोटरसाइकल अबको एक महिनापछि सार्वजनिक हुने भएको छ ।
कम्पनीले इक्मा अटोशो २०२५ मा पहिलो पटक देखाएको नयाँ बुलेट ६५० मोटरसाइकल भारतीय बजारमा सन् २०२६ को जनवरीमा आधिकारिक रूपमा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले भारतमा हालै सम्पन्न मोटोभर्स २०२५ मा प्रदर्शन गरेको नयाँ बुलेट ६५० ले निकै चर्चा बटुलिरहेको छ । दशकौंको लिगेसी भएको बुलेट आफैंमा चर्चित मोटरसाइकल हो ।
नयाँ बुलेट ६५० रोयल इनफिल्डको क्लासिक ६५० प्लेटफर्ममा निर्माण भएको मोटरसाइकल हो । त्यसैले नयाँ बुलेट ६५० मा क्लासिक ६५० मा प्रयोग भएको इन्जिन दिइएको छ ।
रोयल इनफिल्ड बुलेट ६५० को डिजाइन बुलेट ३५० जस्तै छ। बुलेट डिजाइनको लिगेसी यथावत राख्दै कम्पनीले इन्जिन र फिचरहरूमा भने अपग्रेड गरेको हो ।
यसको ट्यांकीमा प्रिमियम आइकोनिक मेटालिक विग्ड आरइ ब्याजिङ छ, जुन हामीले रोयल एनफिल्ड बुलेट ३५० मा देखेको जस्तै देखिन्छ।
स्टाइलिङ डिजाइनमा रहेको ६५० बुलेटमा कन्टोर्ड सिंगल पिस सिट, बक्सी रियर फेन्डर, क्रोम आउट ह्याण्डलबार, रेट्रो राउण्ड हेडलाइट, टाइगर आई पाइलट ल्याम्प, मटर शुटर एक्जस्ट, स्ट्रोङ स्टिल ट्युबलर फ्रेम, क्रोम एलिमेन्स, ह्याण्ड मेड पिन स्ट्राइप्स, टियरड्रप फ्युल ट्याकं र मल्टि स्पोक ह्वीलहरू छन्।
यी परिवर्तनहरू बाहेक मोटरसाइकल प्रदर्शन र सुविधाहरूको हिसाबले रोयल एनफिल्ड क्लासिक ६५० जस्तै छ। बुलेट ६५० मा उही ६४८ सीसीको एयर र आयल कुल्ड, प्यारालल ट्विन सिलिण्डर इन्जिन छ । यसले ४७ पीएस पावर र ५२.३ एनएम टर्क जेनेरेट गर्छ। यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स पाइन्छ ।
मोटरसाइकलमा पूरा एलईडी लाइट सेटअपका साथै सेमी डिजिटल कन्सोल, एनालग स्पीडोमिटर, गियर पोजिसन इन्डिकेटर, इन्धन गेज, ट्रिपमिटर र ओडोमिटर सहितको डिजिटल इनसेट, टर्न बाई टर्न नेभिगेसनको लागि स्ट्याण्डर्ड ट्रिपर नेभिगेसन मोड्युल, यूएसबी टाइपसी चार्जिङ पोर्ट, डबल च्यानल एबीएस लगायत फिचरहरू छन् ।


