के हो दीपलको ‘बाइब्याक ग्यारेन्टी’ ? यसरी हुन्छ काम

काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी) प्रयोगकर्तामध्ये धेरैको गुनासो सुनिन्छ, यदि केही काम परेर ईभी बेच्नुपर्यो सजिलै सकिन्न । पेट्रोल गाडी जस्तो जतिबेला जुनसुकै रिकण्डि हाउसले किन्दैनन् । बिक्री भइ हाले पनि रिसेल भ्यालु निकै कम पाइन्छ ।

केही हदसम्म उनीहरूको गुनासो मनासिव पनि देखिन्छ । किनभने अहिले बजारमा भएका अधिकांश रिकण्डिसन हाउसले सहजै सेकेण्ड ह्याण्ड ईभीको खरिद बिक्री गर्दैनन् । गरिहाले पनि उचित मूल्य दिँदैनन् ।

तर, दीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले भने ग्राहकलाई बेचेको ईभी ५ वर्षसम्म अफैंले किनेदिने ग्यारेन्टी गरेको छ । कम्पनीले लक्जरी इलेक्ट्रीक एसयूभी दीपल एस-०७ आइसीएका लागि ‘बाइब्याक ग्यारेन्टी’ योजना ल्याएको हो ।

ग्राहकको आत्मविश्वास बढाइ ‘रिसेल भ्यालुको चिन्ता हटाउने उद्देश्यले बाइब्याक ग्यारेन्टी योजना ल्याएको कम्पनीले जनाएको छ । यस योजनाले ग्राहकलाई निश्चिन्त, स्पष्ट र झन्झटरहित स्वामित्व अनुभव उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो योजना नेपाली ईभी बजारमा उपलब्ध आश्वासन केन्द्रित स्किममध्ये सबैभन्दा प्रभावकारी हुने समेत कम्पनीको भनाइ छ ।

के हो बाइब्याक ग्यारेन्टी ?

यस योजना अन्तर्गत कम्पनीले अहिले आफूले बेचेको दीपल एस ०७ आइसीए दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म जुनसुकै बेला आफैंले किनिदिने छ । अर्थात् दीपल एस ०७ आइसीए किनेको १ वर्षपछि ग्राहकले बेच्न चाहेमा जुनसुकै बेला कम्पनीले पूर्वनिर्धारित मूल्यमा उक्त गाडी खरिद गरिदिने छ ।

कम्पनीले दीपल एस ०७ आइसीए बिक्री गर्दै ग्राहकसँग एउटा सम्झौता गरेको हुन्छ । जसमा कति वर्षपछि गाडी बेच्दा ग्राहकले कति मूल्य पाउँछन् भन्ने खुलाइएको हुन्छ । पछि ग्राहकले गाडी बेच्दा उक्त मूल्यमा एमएडब्लूले खरिद गर्नेछ ।

साधारण बजारमा रिसेल मूल्य गाडीको माग, मोडेलको लोकप्रियता, अवमूल्यन, अन्य प्रतिस्पर्धामा भर पर्छ । तर यस योजनाले ग्राहकलाई गाडी कति मूल्यमा रिसेल गर्न सकिन्छ भन्ने कुरा सुरुमै स्पष्ट तोकिएको हुन्छ । ग्राहकलाई आफ्नो गाडी १/२/३/४ वर्षपछि बेच्दा कति पैसा पाउँछु भन्ने पहिल्यै थाहा हुन्छ ।

त्यस्तै, कम्पनीले ग्राहकले अर्को गाडी लिन चाहेमा एमएडब्लू ग्रुपले बेच्ने कुनै पनि गाडीसँग सहजै एक्सचेन्ज गरिदिनेछ । यसले ग्राहकलाई रिसेल र कम मूल्य पाउच्छु भन्ने चिन्ता हटाउने छ ।

यी शर्त पूरा गर्नुपर्ने

बाइब्याक ग्यारेन्टी योजनामा विभिन्न शर्तहरू पूरा गर्नुपर्छ । कम्पनीका अनुसार बाइब्याक ग्यारेन्टी पाउन गाडी वर्षमा बढीमा १५ हजार किलोमिटर मात्रै गुडेको हुनुपर्छ । यो अवधिभर दीपलका आधिकारिक सर्भिस सेन्टरमा मात्र सर्भिस गरिएको हुनुपर्नेछ ।

साथै, ठूलो दुर्घटना वा प्राकृतिक विपत्तिबाट सवारीमा क्षति पुगेमा योजना लागू हुँदैन । त्यस्तै, एमएडब्लूले खरिद गर्दा सबै ऋण चुक्ता भएको हुनुपर्ने छ ।

५ वर्षसम्म सवारीधनीको खर्च नहुने

कम्पनीले दीपल एस ०७ आइसीएमा बाइब्याक ग्यारेन्टी मात्रै होइन ५ वर्षसम्म सवारीधनीले खर्च गर्नै नपर्ने गरी सुविधाहरू उपलब्ध गराएको छ । अर्थात् एस ०७ आइसीए किन्ने ग्राहकले ५ वर्षसम्म गाडी चढ्न किस्ता बाहेक पैसा खर्च गर्नु पर्दैन ।

एमएडब्लू वृद्धिले नै ५ वर्षसम्म रोड ट्याक्स, अटोप्लस इन्स्योरेन्स, पिरियोडि मेन्टेनेन्स, चार्जिङ शुल्क तिरिदिने छ । ५ वर्षसम्म सबै मुख्य खर्चहरू शून्य हुने भएकाले यो योजनामा गाडी किन्नु खरिदकर्ताका लागि सबैभन्दा फाइदाजनक हुने कम्पनीको दाबी छ ।


Back_to_top