व्यवसायीको प्रगतिलाई ‘गति दिने’ फोटोन टीएम वान ईभी

काठमाडौं । नेपाली बजारमा दर्जन बढी ब्राण्डका लाइट कमर्शियल गाडी उपलब्ध छन् । तीमध्ये एमएडब्लू वृद्धि कमर्शियलले बिक्री गर्दै आएको फोटोन टीएम वान ईभीले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।

टीएम वान बजारमा कमर्सियल मोबिलिटी पार्टनरको रूपमा परिचित छ । उद्यमी, संस्थान, यातायात व्यवसायी, स्वरोजगार युवा लगायतका लागि टीएम वान भरपर्दो, किफायती र टिकाउ गाडी बनेको छ ।

इन्धनको मूल्य बढ्दो क्रममा रहँदा फोटोनका इलेक्ट्रीक र कमर्सियल गाडीहरूले व्यवसायलाई अझ स्मार्ट र कम खर्चमा सञ्चालन गर्न मद्दत गरिरहेका छन् ।

धेरै साना व्यवसायीहरूका लागि फोटोन टीएम वान भरपर्दो विकल्प बनेको छ । बनेपाका जितबहादुर तामाङ टीएम वानले उत्कृष्ट पिकअप, राम्रो आराम र उकालो-ओरालो दुवैमा भरपर्दो ब्रेकिङ उपलब्ध गराउने बताउँछन् । साथै, यसको संचालन खर्च कम हुँदा कमाइ राम्रो हुने उनको भनाइ छ ।

उनी भन्छन्, ‘डिजेल र पेट्रोल गाडीको तुलनामा टीएम वानको संचालन खर्च निकै कम छ । मर्मत र इन्धन खर्च धेरै घटेको छ । घरमै चार्ज गर्न सकिने सुविधा छ । जसले दैनिक काम झनै सजिलो बनाएको छ । यो कमाइका लागि साँच्चै नै राजा हो । ’

शैक्षिक संस्थाहरूले पनि सुरक्षित र टिकाउ यातायातका लागि फोटोन रोजिरहेका छन् । रेहडन एजुकेसन फाउन्डेसनका मुख्य प्रशासक तिलकराम सिंखडाले फोटोन ईभी भ्यानको स्मूथ, शान्त र कम्पनरहित अनुभवको प्रशंसा गरे।

अभिभावकहरूले पनि डिजेल भ्यानको तुलनामा यसमा निकै फरक महसुस गरेको बताएका छन्। यसको आराम, बलियो ब्याट्री प्रदर्शन, सुरक्षा, एसी र आधुनिक सुविधाले यसलाई विद्यालय यातायातका लागि विश्वासिलो विकल्प बनाएको छ ।

धेरै वर्षको अनुभव भएका यातायात व्यवसायीहरू पनि फोटोनप्रति त्यत्तिकै सन्तुष्ट छन् । २५ वर्षदेखि सामाखुसी यातायातका गाडी चलाउँदै आएका ईश्वरप्रसाद न्यौपाने फोटोन ईभी भ्यान चलाउन निकै सहज रहेको बताउँछन् ।

‘फोटोन ईभी भीआइपी सवारी जस्तै आरामदायी छ । ब्याट्री रेन्ज दिनभरी काम चल्ने खालको छ । चार्जिङ स्टेसनहरू पनि सजिलै भेटिन्छन्,’ उनी भन्छन्, ‘गाडीले सुरुदेखि नै उत्कृष्ट भरोसा दिँदै आएको छ।’

उत्कृष्ट प्रदर्शन, इलेक्ट्रीक दक्षता र देशभर उपलब्ध सपोर्टका कारण फोटोनले नेपाली व्यवसायको पहिलो रोजाइ बनेको छ । यसले दैनिक संचालन खर्च घटाउन, सफा सवारी अपनाउन र भविष्यलाई अझ दिगो बनाउन मद्दत गरिरहेको छ। फोटोन नेपाली समुदाय र उद्योगहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।


Back_to_top