काठमाडौं । निसानको सफल सव कम्प्याक्ट एसयूभी म्याग्नाइट अब ७ सिट क्षमतामा पनि आउने भएको छ । निसानले नयाँ ७ सिट क्षमताको म्याग्नाइट रेनो ट्राइबरको प्लेटफर्ममा बनाउने भएको हो ।
निसानले ल्याउने ७ सिट क्षमताको म्याग्नाइटमा तीन रोमा सिट एरेन्ज हुन्छ । जसमा बीचको भागमा दिइएको सेकेन्ड रोको सिटलाई अगाडि पछाडि स्लाइड गर्न मिल्ने छ । कम्पनीले दिने यो फिचरका कारण बीचको र पछाडिको सिटमा बस्नेलाई आफ्नो आवश्यकता अनुसार लेगरुम मिलाउन सहज हुन्छ ।
निसानले यसको साइजमा भने परिमार्जन गर्ने छैन । ४ मिटरभन्दा केही छोटो लम्बाई भएको म्याग्नाइटमा थ्रीरो सिट दिएसँगै कार्गो स्पेश भने हुने छैन । तर, तेस्रो रो सिट फोल्ड गरेमा भने बुट स्पेश बढाउन सकिने छ । भारतीय तथा नेपाली बजारमा समेत सफल सब फोर मिटर एसयूभी म्याग्नाइट ७ सिट क्षमतामा आएपछि ग्राहकले यसलाई कसरी लिन्छन् भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन ।


