सुजुकी अल्टोको नवौं जेनेरेशन मोडल जनवरीमा सार्वजनिक हुने

काठमाडौं । जापानी कार निर्माता सुजुकीले अल्टोको ९ औँ जेनेरेशन मोडल ल्याउने भएको छ । जापानमा सन् २०२२ जनवरीबाट यसलाई बजारमा ल्याउने तयारी भइरहेको जापानी मिडियाले उल्लेख गरेका छन् ।

सुजुकीले अल्टोलाई दुई इन्जिन अप्सनमा बजारमा ल्याउने जनाइएको छ । कम्पनीले यसमा सानो साइजको टर्बो इन्जिन र नेचुरल्ली एस्पीरेटेड माइल्ड हाइब्रिड इन्जिन दिनेछ । दुबै इन्जिन ८ सीसीभन्दा कम क्षमताको हुनेछ ।

सुजुकीको हर्टटेक प्लेटफर्ममा तयार भएको नयाँ जेनेरेशन अल्टो अहिले जापानमा परिक्षण भइरहेको तस्विर बाहिर आएको छ । निकै आकर्षक र आधुनिक लुक्समा देखिएको अल्टोलाई सुजुकीले १० वर्षपछि नयाँ जेनेरेशन मोडलमा ल्याउन लागेको हो ।

नयाँ अल्टोको इन्टेरियरको विषयमा अहिलेसम्म कुनै आधिकारीक जानकारी प्राप्त भएको छैन । नेपालमा विक्री हुने अल्टो भारतमा उत्पादन भएर आइरहेको मोडल हो । सन् २०२२ मा नै भारतमा पनि नयाँ जेनेरेशन अल्टो ल्याउने तयारी भइरहेको छ । तर, जापानी बजारमा विक्री हुने अल्टो र भारतमा बनेको अल्टो बीचमा भने ठूलो भिन्नता रहेको छ ।


Back_to_top