भोलिबाट विक्री सुरु हुँदै नयाँ एमटी १५, यस्तो छ केही दिनको लागि मूल्य

काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले भोबिाट बीएस ६ इन्जिनमा एमटी १५ विक्री गर्ने भएको छ । कम्पनीले यसको मूल्य ४ लाख ४९ हजार ९९९ रुपैयाँ निर्धारण गरेर विक्री गर्न लागेको हो ।

यसअघि विक्री गर्दै आएको बीएस ४ एमटी १५ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ थियो । नयाँ इन्जिनको मूल्य सुरुवातमा ४ लाख ५० हजार तोकिएपछि यो मूल्य केही दिनको लागि मात्रै हुने कम्पनीले जनाएको छ ।

‘बीएस ६ इन्जिनमा आएको एमटी १५ मा ग्राहकको निकै राम्रो प्रतिक्रिया आएको छ । त्यसैले सुरुमा हामीले ४ लाख ५० हजारमा नै दिन लागेका छौं । तर, केही समयपछि यसको मूल्य बढ्छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

काठमाडौंको भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गरिरहेको कम्पनीले भोलि त्यहि नयाँ एमटी १५ सार्वजनिक गर्नेछ । साथै, कम्पनीले हेल्मेट लगायतका २० हजार मूल्य बराबरको एशोसरिज पनि निःशुल्क प्रदान गर्ने जनाएको छ ।

कम्पनीले एमटी १५ मा १५५ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । कम्पनीले बीएस ६ मा ग्राफिक र इन्जिनको अलावा अन्य कुनै परिर्वतन गरेको छैन ।

नयाँ मोडल विभिन्न ४ कलर ब्ल्याक, मेटालीक ब्ल्याक, डार्क मेट ब्लु, आइस फ्लुओ भेरमिलियन करलमा उपलब्ध रहने छ ।


Back_to_top