तामाकोशीमा निर्माणाधीन पुल भाँचियो

काठमाडौं । तामाकोशी नदीमा निर्माणाधीन पुल भाँचिएको छ ।

रामेछापको मन्थली नगरपालिका वडा नं. ६ कुनाउरी र वडा नं. ७ भटौलीलाई जोड्ने तामाकोशी नदीको निर्माणधीन पुल आइतबारर बिहान भाँचिएको हो ।

२३० मिटर लामो र ११ मिटर चौडाइको उक्त पुल बीच भागबाटै भाँचिएर बगरमा खसेको छ ।

उक्त पुल निर्माणकै क्रममा गत वैशाख २६ गते बीच भागमा चर्किए पनि निमार्ण कम्पनीले चर्किएको ठाउँमा मर्मत गर्न मिल्ने बताएको थियो ।

कालिका/कल्पवृक्ष जोभीले निर्माण गरिरहेको उक्त पुल ठेक्का सम्झौता अनुसार आगामी भदौ मसान्तसम्म सम्पन्न गर्नु पर्नेछ ।

यस पुलको लागत २२ करोड ५५ लाख ४० हजार रुपैयाँ रहेको छ ।


Back_to_top