अवरुद्ध १० सडक मध्ये ९ वटा एकतर्फी खुले, एउटा अझै बन्द

काठमाडौं । गत शुक्रबारबाट देशभर नै मनसुन फैलिएसँगै बाढीपहिरो आउने क्रम बढेको छ । यससँगै देशका विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्म देशभरका १० वटा सडक अवरुद्ध थिए । तीमध्ये बिहान १० बजेसम्म ९ वटा सडक एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।

अझै बाढीका कारण अवरुद्ध महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलमा सडकमा यातायात ठप्प रहेको छ ।

प्रहरीका अनुसार पहिरोका कारण अवरुद्ध धनकुटाको रविराके भेडेटार, चरिकोट-मन्थली मुख्य सडक, कालिगण्डकी करिडोर, बेनी जोमसोम, बाग्लुङ-पोखरा सडक एकतर्फी सुचारु भएका छन् ।

त्यस्तै, महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका च्याखोलामा, कालिगण्डकी करिडोर अन्तर्गत गुल्मीको बर्लबा, जुम्लाको गाउँपालिका चुलचुले (जुम्ला मुगु सडकखण्ड) एकतर्फी यातायात संचालनमा आएको छ ।

बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।


Back_to_top