काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरमा नयाँ साझेदार भित्रिने भएकाे छ ।
लीपमोटरमा यसअघि युरोपियन अटो जाइन्ट स्टेलान्टिस ग्रुपको लगानी थियो । अब चिनियाँ सरकारी स्वामित्वको एफएडब्लू ग्रुपले १० प्रतिशत लगानी गर्ने भएको हो ।
लीपमोटरको अन्तर्राष्ट्रिय र चिनियाँ बजारको लागि अलगै सेयर संरचना बनाइएको छ । जसमा स्टेलान्टिस ग्रुपले अन्तर्राष्ट्रिय कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व राखेको छ । चिनियाँ बजारको हकमा भने स्टेलान्टिस ग्रुपसँग २०.४ प्रतिशत स्वामित्व रहेको छ ।
मिडिया रिपोर्टहरूका अनुसार लिपमोटर टेक्नोलोजीले हंकी ब्राण्डको जी-११७ मोडलको प्लेटफर्म संयुक्त रूपमा विकास गर्ने टेन्डर पाएको थियो । उक्त हंकी ब्राण्डको स्वामित्व एफएडब्लू ग्रुपसँग छ । त्यसैले लीपमोटर र एफएडब्लू
लिपमोटरको पहिलो हाफको फाइनान्सियल पर्फमेन्स उत्कृष्ट आएपछि एफएडब्लू समूह लीपमोटरमा लगानी गर्न तम्सेको हो ।
लिपमोटरले सन् २०२५ को पहिलो हाफमा ३.३७ अर्ब डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १७४ प्रतिशतले धेरै हो ।
कम्पनीको ग्रस मार्जिन पनि उक्त समयमा १३ प्रतिशतले बढ्न गई ४.१७ मिलियन डलरको खुद नाफा भएको रिपोर्ट सार्वजनिक गरहेको हो ।
सन् २०१५ मा स्थापना भएको इलेक्ट्रीक भेहिकल कम्पनी लीपमोटरमा सन् २०२३ को अक्टुबरमा स्टेलान्टिस ग्रुपको लगानी भएको थियो ।

