एथरले नेपालमा संचालनमा ल्यायो पहिलो सर्भिस सेन्टर

काठमाडौं । एथर इलेक्ट्रीक स्कुटले नेपालमा पहिलो सर्भिस सेन्टर संचालनमा ल्याएको छ । भारतीय इलेक्ट्रीक स्कुटर एथरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी वैद्य इनर्जीले काठमाडौंको तीनकुनेमा सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

कम्पनीले स्पेयर पार्टस् तथा सर्भिसका लागि सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

कम्पनीले एथरका ग्राहकहरूका लागि कुनै पनि पार्टस् र सर्भिको समस्या नहोस भनेर सर्भिस सेन्टर संचालनमा ल्याएको वैद्य इनर्जीका प्रबन्ध निर्देशक सूर्यांश वैद्यले बताए।

वैद्यले आफूहरूले स्कुटर बिक्री गर्ने मात्र नभइ यसका चार्जिङ नेटवर्क तथा स्पेयर पार्टस् तथा सर्भिस सेन्टरको निर्माणमा लगानी गरिरहेको बताए ।

उनका अनुसार निकट भविष्यमा नै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने र दोस्रो चरणमा सबै भाटभटेनी डिपार्टमेन्ट स्टोरहरूमा चार्जर राख्ने योजना रहेको बताए ।

कम्पनीले अबको केही दिनमा नै झम्सीखेलमा आफ्नो दास्रो सोरुम (एक्सपेरियन्स सेन्टर) संचालन गर्ने तयारीमा रहेको र निकट भविष्यमा काठमाडौं बाहिरका मूख्य सहरहरूमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।


Back_to_top